‘पत्रपत्रिकाको वर्गिकरण लैंगिक मैत्री हुनुपर्छ’


प्रकाशित मिति :2017-06-05 16:38:28

-महिला खबर-

काठमाडौं । प्रेस काउन्सिलले गर्ने पत्रपत्रिकाको वर्गिकरण लैंगिक मैत्री हुनुपर्ने सम्पादक महिलाहरुले जोड दिएका छन् ।

नेपाल प्रेस काउन्सिलले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सम्पादक महिलाहरुले महिला भएकै कारण पत्रिका वर्गिकरणमा समेत विभेद हुने गरेको बताएका हुन् ।
सञ्चारिका समूहका उपाध्यक्ष नितु पण्डितले महिलाले सम्पादन गरेका पत्रिका ‘क’ वर्गमा नपर्ने गरेको बताउनुभयो । उहाँले महिलाले प्रकाशन गर्ने पत्रिकालाई छुट्टै रुपमा हेर्ने गरिएको बताउनुभयो ।

द वाकर पत्रिकाकी सम्पादक लक्ष्मी पुनले राज्यले महिलालाई कहाँ सुविधा दिएको भन्ने थाहा नहुँदा समस्या भएको बताउनुभयो । उहाँले सरकारले सञ्चारमाध्यमलाई दिने विज्ञापनमा समेत महिलाका पत्रिकालाई विशेष स्थान दिनुपर्ने बताउनुभयो । हसना म्यागेजिनकी अम्बिका राजथलाले महिलाका पत्रिकामा लगानी कहाँबाट निकाल्ने भन्ने ठूलो चुनौती हुने गरेको बताउनुभयो ।

यस्तै सञ्चारकर्मी देवी त्रिपाठी श्रेष्ठले महिलालाई हेर्ने दृष्टिकोणमा अझैपनि खासै परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले महिलाले सम्पादन गरेका पत्रपत्रिकालाई माथिल्लो तहबाटै हेरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महिला सञ्चारकर्मी चन्द्रा रोनिया, भवानी कार्की, कल्पना भट्टराई, गगनशिला खड्का लगायतले महिलाले प्रकाशन गरेका पत्रपत्रिकाको स्तर उन्नतीका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रेस काउन्सिल नेपालका सदस्य सुभेच्छा विन्दु तुलाधरले महिला सम्पादक भएका पत्रिकाका समस्या समाधान गर्न काउन्सिल गम्भिर रहेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: