घट्नाको छानबिन गर्न माग गर्दै प्रदर्शन


प्रकाशित मिति :2017-06-05 17:32:40

-महिला खबर-

काठमाडौं । चितवनको माडी ६ रामराज्यपुर मझुवामा शनिबार भएको घट्नाको विषयलाई लिएर स्थानीयबासीले विरोध जनाएका छन् ।

घट्नाको यर्थात छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय माडीमा स्थानीयबासीले  विरोध प्रर्दशन गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय माडीले बालिकाको हत्याको आशंकमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । घट्नाको थप अनुसन्धान भइरहेको माडी प्रहरीले जनाएको छ ।

गत शनिबार साथीहरुसँग पिकनिक खान गएका स्थानीय दिनेश परियारकी छोरी १२ वर्षीया दीपशिखा परियार र दुर्गा सुनारकी छोरी सात वर्षीया दीपिका सुनार पानीमा बेहोस अवस्थामा फेला परेका थिए ।

डुबेर बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो । बालिकाको पेटमा पानी नभएको र अनुहारमा समेत रगत देखिएको थियो ।

घट्नाको छानविन गरी दोषिलाई कारबाहीको माग राख्दै स्थानीयले जिल्ला प्रहरी चिवनमा ज्ञापन पत्र समेत बुझाएको स्थानीय सन्तोष पनेरुले जानकारी दिनुभयो ।

घट्नाको विरोधमा विभिन्न मानवअधिकारबादी संघ संस्थाले विज्ञप्ति निकालेर कारबाहीको माग गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: