जोखिममा रहेको दुई बालकको उद्धार


प्रकाशित मिति :2017-06-06 10:33:12

सर्मिला बुढाथोकी

दोलखा । बैतेश्वर गाँउपालिका स्थित मैनापोखरी बजारवाट सोमवार जोखिममा रहेका दुई जना बालकलाई जिल्ला बाल कल्याण समिति दोलखाले उद्धार गरेको छ ।

जिल्ला बालकल्याण समितिको तथ्याङ्कमा जोखिम पहिचान गरी २२ एफसिडी ०११३४ र २२ एफसिडी ०११३६ नम्बरमा राखिएको दुई बालकको अवस्था झन नाजुक बनेपछि सोमवार उद्धार गरी चाईल्ड प्रोटेक्सन सेन्टर राईट नेपाल (सिटीसिआर) दोलखामा राखिएको महिला तथा बालबालिका कार्यालय दोलखाको सूचना व्यवस्थापक अधिकृत शान्ति खड्काले बताउनुभयो ।

जिल्ला बाल कल्याण समितिको बाल संरक्षण घट्ना व्यवस्थापन कार्यक्रम अन्र्तगत उनीहरुलाई उद्धार गरी उक्त संस्थामा पठाईएको खड्काले बताउनुभयो ।
बाबुको मृत्यु भएको र आमा अन्यत्र गएकोले ती बालकहरु अलपत्र परेका थिए । बस्ने घर नभएकाले सडक पेटि तथा बिभिन्न व्यक्तिको आश्रयमा बस्दै आएकाले उनीहरुको उद्धार गरी उक्त संस्थामा पढाउने व्यवस्था समेत गरिएको खड्काको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: