दोषीलाई कारबाहीको माग गर्दै माडी बन्द


प्रकाशित मिति :2017-06-06 11:30:38

-महिला खबर –

काठमाडौं । चितवनको माडी ६ रामराज्यपुर मझुवामा शनिबार भएको बालिकाको मृत्यु प्रकरणको विरोधमा स्थानीयले मंगलबार माडी बन्द गरेका छन् ।

घट्नाको यर्थात छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै माडी बन्द गरेका हुन् । गत शनिबार साथीहरुसँग पिकनिक खान गएका स्थानीय दिनेश परियारकी छोरी १२ बर्षीय दीपशिखा परियार र दुर्गा सुनारकी छोरी सात वर्षीय दीपिका सुनार पानीमा बेहोस अवस्थामा फेला परेका थिए । डुबेर बेहोस अवस्थामा उद्दार गरिएका उनीहरु मध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो ।

मृतक २ बालिका मध्ये १ जनाको गुप्ताङ्गमा रगत देखिएको थियो भने शरीरका अन्य भागमा समेत रगत देखिएको र आँखाको माथिल्लो भागमा चोटपटक लागेको थियो । बालिकाको बलात्कारपछि हत्या गरेर फालेको स्थानीयले अनुमान गरेका छन् ।

घट्नाको यर्थात छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै सोमबार स्थानीयले नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय माडीमा विरोध प्रर्दशन गरेका थिए । सो घट्नाको विषयमा स्थानीय दबाब दिएपछि सोमबार चिकित्सक, प्रहरी तथा अनुसन्धानको टोली सामबार घट्नास्थल पुगेर स्थलगत निरीक्षण गरेको थियो ।

मृतक बालिकाहरुको भरतपुर अस्पतालमा पोर्टमार्टम गरिएपनि अझै रिर्पोट आएको छैन । बालिका मृत्युको विषयलाई लिएर चितवनमा विभिन्न संघसंस्थाले विज्ञप्ति मार्फत छानविन गरि दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

बन्दका कारण माडीबाट भरतपुर चल्ने र पर्साको ठोरी जाने सवारी साधनहरु समेत ठप्प भएका छन् भने पसल, उद्योग धन्दा, शैक्षिक संस्था समेत बन्द भएको स्थानीय सन्तोष पनेरुले जानकारी दिनुभयो । घट्नामा संलग्नलाई कारबाहीको माग राख्दै सोमबार माडीका विद्यार्थीहरुले र्याली निकालेका थिए । यता प्रहरी कार्यालय माडीले भने घट्नाको अनुसन्धान भइरहेको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: