बलत्कारको आरोपमा प्रध्यानाध्यापक पक्राउ


प्रकाशित मिति :2017-06-06 12:59:16

महिला खबर

सिरहा । यहाँ एक प्रध्यानाध्यापकलाई आफ्नै विद्यालयमा अध्यनरत एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । लहान नगरपालिका, १८ स्थित राजाजी बाबा आधारभूत विद्यालयका प्रध्यानाध्यापक बैजनाथ चौधरीलाई कक्षा ६ मा अध्ययनरत वर्ष १४ की बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

पीडित पक्षको उजुरी र अधिकारकर्मीहरुको चर्काे दबाबपछि पक्राउ गरिएको चौधारीलाई प्रहरी हिरासतमा राखिएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले पक्राउपछि अनुसन्धान प्रकिया अगाडि बढाएको जानकारी दिनुभयो ।

बालिकालाई आइतबार राति १० बजेतिर विद्यालय नजिक रहेको पकडिया गड जंगलमा बोलाएर बलात्कार गरेको पीडित पक्षको आरोप छ । बलात्कारपछि बेहोस भएर रातभरि जंगलमै रहेकी छोरीले सोमबार बिहान होस् आएपछि मात्र साथीलाई फोन गरेर जानकारी पाएको बालिकाकी आमाले बताइन् । बालिकाको शरीरको विभिन्न भाग टोकेको डामहरु छन् ।

पीडित बालिकाको आमा बुवा सुस्त मनस्थितिको रहेकाले छोरीलाई पढाइ दिने भन्दै चौधारी ती बालिकाको घरमा आउनेजाने भैरहन्थ्यो । प्रध्यानाध्यापकले पटक पटक यौन शोषण गर्दै आएपनि अरूलाई थाहा दिए ज्यान मार्ने धम्की दिने गरेको बालिकाले सार्वजनिक गरेकी छन् । घटना सार्वजनिक भएपछि आफ्न्त र अधिकारकर्मीहरुले पीडित पक्षलाई साथ दिइरहेका छन् । साथै आरोपित चौधारीलाई तत्काल कारबार्हीका लागि माग गरेका छन् ।

जिल्ला शिक्षा कार्यालय सिरहाका विद्यालय निरीक्षक भवानी कट्टेलले प्रध्यानाध्यपक प्रक्राउ बारे आफूलाई जानकारी नभएको र यदि घटना सही हो भने शिक्षा क्षेत्रको लागि दुरभाग्या भएको बताउनुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: