महिलाले बनाए सडक


प्रकाशित मिति :2017-06-06 13:30:43

-महिला खबर –

काठमाडौं । बर्खा लागेसगैँ हिलम्मे हुने म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ को सडक यो वर्ष भने सहज भएको छ ।

साविक राम्चे गाविसको १ र २ नम्बरमा पर्ने नांगी गाउँका महिलाले आफ्नै सिप र श्रम प्रयोग गरेर ४ सय २५ मिटरको सडक सोलिङ गरेका छन् । सडक बाटो निर्मार्णका लागि डेढ सय जना महिलाहरुले एक–एक दिन श्रमदानका साथै पाँच दिन ज्यालामा काम गरेका थिए ।

बाटो निर्माणका लागि जिल्ला समन्वय समितिले पाँच लाख र साविकको गाविस कार्यालयले तीन लाख ५० हजार रुपैँया बजेट विनियोजन गरेको थियो ।

बर्खासगैँ हिलाम्मे हुने बाटो निर्माण भएसगैँ सवारी साधन आवातजावतका साथै यात्रुलाई समेत सहज भएको उपभोक्ता समितिका सचिव माया पुनले बताउनुभयो । महिलाहरुले काम सुरु गरेको एक महिना दिन अघि नै सडकको काम सम्पन्न गरेका छन् ।

गत वर्ष समेत फलामे डाडाँ नागी राम्चे सडक महिलाले नै सम्पन्न गरेका थिए । अहिले गाउँमा युवाहरु विदेशीने क्रम बढ्दै जाँदा खानेपानी, सडक, भवन निर्माणको काम महिलाले नै सम्पन्न गर्दै आएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: