सोचे जस्तो लैंगिकमैत्री छैन, स्विडेन


प्रकाशित मिति :2017-06-06 16:21:54

उत्पादन, कारखाना र प्राविधि सम्बन्धी उद्योगमा अझै पनि “पितृसतात्मक,” सोचको हाबी छ र यो क्षेत्रमा महिलाको संख्या व्यवस्थापन पदमा टड्कारो रूपमा कम छ ।

महिला खबर

लैैंगिक सामानता भएको समाजको छवि अघि सारेर स्विडेनले विश्व प्रसिद्धि कमायो । यदापि यस छविलाई निरन्तरता दिएर अघि बस्ने स्थिति यो देशको छैन भनेर अभियान्ताहरु भन्छन् । लैंगिक समानताको विकास पहिलेको गतिमा नभएको उनीहरू बताउँछन् ।

आमन्दा लुन्टेग, ३२ वर्षको उमेरमा नै प्रमुख कार्यकारी अधिकृत बनेकी छन् । उनले स्वीडीश कार्यस्थलमा देखिने लैंगिक समानताको उजागर पनि गरेकी छन् । उनले व्यापार अर्थशास्त्रमा डिग्री हासिल गरिन् र आफ्नो पेसाको सुरुवात बैंकिङ क्षेत्रबाट गरिन् । उनले तीनवटा बोर्डहरुमा आबद्ध भएर काम गरिसकेकी छन् । यति हुँदा पनि अलबा्रइट नामक संस्थाले यस देशका महिलाहरूको पेशागत मौका र भविष्यलाई खुम्चाइएको कुरा बाहिर ल्याई निगरानीको भूमिका निर्वाह गरिरहेको छ । उनी त्यस संस्थाकी व्यवस्थापक हुन् ।

अमन्दाको विचारमा धेरैले सोचे जस्तो उदारवादी देश होइन, स्विडेन  । यहाँ बावुहरुलाई सन् १९७० को दशकदेखि तलबी बिदा बस्ने अधिकार प्राप्त भयो । यहाँ अभिभावकलाई दिइने बिदाको सुविधा विश्वकै सर्वोत्कृष्ट मध्य पर्छ । बालगृहहरुको व्यवस्था पनि सुपथ मूल्यमा गरिएको छ । “हामी कति राम्रा छौँ भनेर धाक लगाउने कुरामा धेरै अघि छौ, तर तपाईँले अधिकांश स्विडेनी महिलालाई सोध्नुभयो भने मलाई लाग्दैन कि उनीहरूले आफू सन्तुष्ट छन्,” आमन्दा भन्छिन् । ओ.इ.सी.डी. नामक संस्थाका अनुसार यहाँ ८० प्रतिशत भन्दा बढी आमाहरू घर बाहिर काम गर्छन् । स्विडेन औद्योगिक देशको सार्वजनिक क्षेत्रमा पाइने लैंगिक समानतामा अग्र स्थानमा छ । तर अलबा्रइट संस्थाको अनुसन्धानले निजी क्षेत्रलाई भने यो छवि बनार्इ राख्न हम्मे–हम्मे परेको छ ।

सन् २०१६ मा दर्ता भएका स्वीडीश कम्पनीहरूका ८० प्रतिशत भन्दा बढी व्यवस्थापकहरु पुरुष थिए । स्टक मार्केटमा आएका कुनै पनि व्यापारका प्रमुखमा महिला थिएनन् । यो असन्तुलनको कारण समाजमा हाबी भएका परम्परागत लैंगिक दृष्टिकोण हो जबकि विभेद र असमानता हटाउन धेरै विधेयकहरु अनुमोदन दशकौंसम्म गरिएको थियो,” आमन्दा भन्छिन् ।

“स्वेडनमा लैंगिक समान जीवन यापन गर्न सम्भव छ । तर हामी परम्पराका कारण यसो गर्दैनौं । पुरुष भए, तपाईले काम गरेर घरमा मासु (खानेकुरा) ल्याउनुपर्ने हुन्छ । यी सबै सीमित पुराना दृष्टिकोणहरु र फाइदाहरुका कारण भएका छन् । यो तोडिन समय लाग्छ ।” स्टायटिस्टिक्स्  स्विडेनका अनुसार महिलाले अझैपनि अभिभावक जोडीलाई दिइने बिदा ८० प्रतिशत भन्दा बढी महिलाले आफ्नो पहिलो बच्चा दुई वर्ष भन्दा मुनि हुँदा लिने गरेका छन् ।

आधा दिन वा आंशिक रूपमा काम गर्ने सम्भावना पुरुषको भन्दा महिलाकै बढि छ । समान कामको लागि समान ज्यालाको सवालमा स्विडेन वल्र्ड इकोनोमिक फोरमको लैंगिक समानता गणनामा ३५ औँ स्थापनामा पर्छ । असमानता र विभेदका बारेमा कुरा गर्न इच्छुक नागरिकहरू यस देशमा भेट्न गाह्रो छैन । “धेरै बाबुहरु अभिभावकलाई दिइने बिदा लिदैंनन् । सबै कुरा अहिलेसम्म ठीक हुन सकेको छैन,” मार्टिन हेक्टर, ३२, भन्छन् । उनले स्टकहोममा आफ्नो सानो छोरालाई पार्कमा घुमाइरहेका थिए । “गर्मी महिनामा, करिब तीन महिना जति (बिदा लिने) चलन छ ।” उनी बच्चा हेर्न नौ महिना बिदा लिने विचार गरिरहेका छन् ।

क्यामीला डात वकिल हुन् र उनको सात महिने बच्चा छ । उनले ११ महिनाको बिदामा छिन् । उनको श्रीमानले पनि ११ महिनाको बिदा लिने छन् । तर सबै आमाबुवालाई उस्तै मौका नमिल्न सक्छ, उनी भन्छिन् । यदि एक जना अर्को भन्दा धेरै पैसा कमाउँछ वा उनीहरू दुवै पुरानो संस्कार भएको संस्थामा काम गर्छन् । “मेरा साथीहरू ठूला कानुन फर्महरुमा काम गर्छन्। उनीहरूलाई आमाबुवाले पाउने बिदा लिन धेरै गाह्रो छ,” उनी भन्छिन्।

उत्पादन, कारखाना र प्राविधि सम्बन्धी उद्योगमा अझै पनि “पितृसतात्मक,” सोचको हाबी छ र यो क्षेत्रमा महिलाको संख्या व्यवस्थापन पदमा टड्कारो रूपमा कम छ । तर अलबा्रइटको अनुसन्धान अनुसार वित्तिय सेवाहरू र कम्पनीहरूले राम्रै सुधार केही वर्ष यता गरेका छन् । हेबा नामक बासस्थान भाडामा दिने फर्मले आफ्ना वरिष्ट पुुुरुष कार्यकारीहरुको ठाउँमा महिलालाई व्यवस्थापनमा ल्यायो र यसरी महिलाको संख्या यो स्थानमा बढायो ।

यस संस्थामा प्रमुख कार्यकारी अधिकृत लेनार्ट कार्लसनले भने लैंगिक समानता ल्याउने उनको खास उद्देश्य पहिले थिएन । “म सोच्थें दक्षता र दृष्टिकोण नै मुख्य कुरा हो । लिंगको आधारमा होइन । तर मेरो सोच अब बदलिएको छ । कार्यस्थलमा लैंगिक विविधताले फाइदा हुन्छ,”उनी भन्छन् । “छलफल गर्ने वातावरण राम्रो बन्छ । राम्रा संवादहरु हुन्छन् र एक अर्कालाई बुझ्न सकिने वातावरण बन्छ ।” आमान्दाको विचारमा कार्लसनको व्यापारमा पनि अभिवृद्धि आउनुपर्छ । विभिन्न अनुसन्धान अनुसार महिलाको नेतृत्वको भूमिका र संस्थाको काम कार्वाहीबीच सकरात्मक सम्बन्ध छ । बाबुहरुलाई ९० दिन बिदा सुविधा छ र उक्त बिदा नलिए खेर जान्छ ।

“हामी कालान्तरमा गएर समान सहभागिता हेर्न चाहान्छौं । तर यसलाई बिस्तारै अघि सारेर परिवारहरुलाई यो परिवर्तनमा ढल्कने समय दिनुपर्छ,”अन्निका स्टान्डहल, स्वीडीश सामाजिक सुरक्षा मन्त्री भन्छिन् । महिला र पुरुष दुवैलाई समान मौकाहरुको सिर्जना गर्नुपर्छ भन्ने मान्यता राष्ट्रिय मानसपटलमा जरो गाडेको छ । तर यसको गति बढाउन राष्ट्रले कति हस्तक्षेप गर्नुपर्छ भन्ने विषयमा स्वेडनभित्र फरक–फरक मत पाइन्छ ।

साभारः विविसी

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: