प्रमुख पदमा महिलाः एक प्रतिशतमै सिमित


प्रकाशित मिति :2017-06-07 10:39:00

महिला खबर

काठमाडौं । करिब २० बर्षपछि भएको ऐतिहासिक स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनबाट प्रमुख पदमा महिला एक प्रतिशतमै सिमित भएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार तीन प्रदेशका ३४ जिल्लामा भएको निर्वाचनमा १.४ प्रतिशत मात्रै महिलाले प्रमुख पदमा नेतृत्वको अवसर प्राप्त गरेका छन् ।

प्रमुख पद मानिएका मेयरमा ९४, गाउँपालिका अध्यक्ष १७१ र वडा अध्यक्षमा २,४५७ जना निर्वाचित भएका छन् । जसमध्ये महिला मेयरमा ४ जना, गाउपालिका अध्यक्षमा ८ र वडा अध्यक्षमा २६ जना निर्वाचित भएका हुन् । स्थानीय तहमा यि तीन ओटै पद अत्यन्तै महत्वपूर्ण मानिएको छ । तर, प्रमुख पदमा विजयी कुल २ हजार ७२२ जना मध्ये ३८ जना महिला छन् । जुन कुल विजयी उम्मेदवारको १.४ प्रतिशत हो । अहिलेसम्म प्राप्त चुनावी नतिजा अनुसार कुल मध्ये ९८.६ प्रतिशत पुरुष जनप्रतिनिधि प्रमुख पदमा आएका छन् ।

भरतपुर महानगरपालिका बाहेक अहिलेसम्म प्राप्त २८२ स्थानीय तहको नतिजामा १२ हजार ६८६ जना निर्वाचित भएका छन् । जसमा ५ हजार १६२ जना महिला निर्वाचित भएका छन् ।

अन्तरपार्टी महिला सञ्जालका उपाध्यक्ष सावित्रा घिमिरेले प्रमुख पदमा कमै महिला आएपनि यसलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । ‘जनप्रतिनिधि नभएको स्थानीय तहमा केही भएपनि महिला आएका छन् यसलाई सकारात्मक रुपमा हेर्नुपर्दछ ।’ घिमिरेले भन्नुभयो । यसले भोलीका लागि सहज हुने उहाँको भनाई छ ।

महिलाले उम्मेदवारी पाउन धेरै संघर्ष गर्नुपरेपनि टिकट पाएको स्थानमा सोचेभन्दा धेरै महिला उपप्रखुममा आएको उहाँले बताउनुभयो ।

नेपाल महिला संघका अध्यक्ष उमा रेग्मीले दलहरुले नै प्रमुख पदमा महिला कम उठाएकोले महिलाहरु कम आएको बताउनुभयो । ‘जति महिला आउनुभएको छ त्यो सकारात्मक छ,उम्मेदवारी दिनेबेलामा महिला नेतामाथि राजनैतिक हिंसा भएको थियो, हामीले दलहरुलाई प्रमुख पदमा महिला उम्मेदवार हुनुपर्दछ भनेर दबाब दिदादिदै पनि कम उम्मेदवारी परेको हुनाले पनि महिला कम आएका हुन् ।’ रेग्मीले भन्नुभयो ।

निर्वाचन आयोगका अनुसार प्रमुख र अध्यक्षमा जम्मा ८ प्रतिशत (१५७) र वडा अध्यक्षमा ४ प्रतिशत (४४८) जना महिलाको उम्मेदवारी परेको थियो । यी तीन पदमा मात्र कुल १२ हजार ६ सय २४ जनाको उम्मेदवारी परेको थियो । जसमा महिला ५ प्रतिशत (६०५) र पुरुष ९५ प्रतिशत (१२,०१९) प्रतिशतको उम्मेदवारी परेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: