नगरकै एक्ली वडाध्यक्षको उम्मेदवार मिरा


प्रकाशित मिति :2017-06-07 13:10:18

लिलाराज भट्टराई

सुनसरी । उर्लावारी नगरपालिका, मोरङ जिल्लाकै दोश्रो ठूलो शहर रहेको नगरपालिका हो । त्यही नगरपालिकाको वडा नं. ६ को चर्चा अहिले हरेक चिया पसलदेखि टोलटोलमा हुने गरेको छ ।

वडा नं. ६ को चर्चा हुनुको पछाडि मिरा भट्टराईको उम्मेदवारी हो । नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकि भट्टराई त्यस वडाकि एक्ली महिला वडा अध्यक्षकि उम्मेदवार हुनुहुन्छ । अन्य कुनै पार्टीले महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएका छैनन् ।

९ वटा वडा रहेको उर्लाबारीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले महिलालाई आरक्षणको पदहरुमा मात्र उठाएका छन् । मीरा उर्लावारीवासीको लागि नयाँ नाम होइन । उहाँ राजनीतिसँगै व्यवसायमा पनि सक्रिय हुनुहुन्छ । मिरा हाल उद्योग वाणिज्य संघकि वाणिज्य सचिव हुनुहुन्छ ।

मिराले  आफ्नो वडालाई पूर्वकै नमुना वडा बनाउने बताउनुभयो । ‘अरु दलले महिलालाई पत्याएनन्, एमालेले मलाई विश्वास गरयो, महिलालाई गरेको यो विश्वासलाई म स्थापित गर्नेछु ।’ मिराले भन्नुभयो ।

‘म गफ गरेर हैन काम गरेर देखाउछु, जनताका घरढोकामा गएर गरेको बाचा म पुरा गर्ने छु ।’ उहाँले फेरि थप्नुभयो । वडा नं.६ मा २ हजार ४ सय ९९ मतदाता मध्ये १३ सय ११ महिला मतदाता रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: