मागेरै छाक टार्दै नेटुवा समुदाय


सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

प्रकाशित मिति :2017-06-07 14:12:54

पार्वती पाण्डे

कपिलवस्तु । पतरिया गाविसको प्रगतिनगर सुकुम्बासी बस्तीमा विगत १७ वर्षदेखि नेटुवा समुदायको बसोबास छ । फिरन्तेको रूपमा बसोबास गर्ने यिनीहरू मागेरै आफ्नो जिविकोपार्जन गदै आएका छन् ।

मागेर दुई छाक टार्नु बाहेक अन्य कुरामा उनीहरूको खासै ध्यान देखिँदैन । छोराछोरी पढाउने, सरसफाइ, आयआर्जनका अन्य कामहरू, सरकारी सेवा सुविधामा पँहुच जस्ता कुराबाट यो समुदाय धेरै नै पछाडि रहेको छ । १४ घरधुरी । एउटा खानेपानिको धारा । यस बाहेक बिजुली, शौचालय जस्ता सामान्य सुविधा समेत छैन । न त उनीहरूको नाममा घर जग्गा नै छ । वर्षमा एक पटक सञ्चालन हुने वडा भेलामा समेत सहभागी भएको उनीहरूलाई सम्झना छैन ।

यसै समुदायमा बसोबास गर्ने सन्तोली नेटुवा भने आफूलाई परिवर्तन गर्ने काम निकै कठिन रहेको बताउछिन् । उनले आफ्ना २ छोरीलाई विद्यालय नपठाई घरमै राखेकि छिन् । ६ छोरी मध्ये ३ जनाको विवाह भइसकेको छ । एउटा छोरी सानो रहेको र यी दुई छोरी भने घरमै बस्ने गरेका थिए । उनी भन्छिन, ‘पढाएर के हुन्छ, मलाई मेरो छोरीहरू पुलिस बनाउनु छैन’ । पढाएर बच्चा पुलिस मात्र बन्छ भन्ने उनको सोचाइ रहेको छ ।

घरबाट विद्यालय जानका लागि लगभग ३ सय मिटरको दुरी तय गर्नुपर्ने यस ठाउँमा ती दुई बालिका भने बाबु आमा माग्न जानु पर्ने र सानी बैहिनी हेर्नुपर्ने बाध्यताले घरमै बस्न बाध्य भएको बताउँछन् । आफूहरू अल्पसंख्यक समुदाय भए पनि राज्यबाट पाउने सेवा सुविधा लीनबाट वञ्चित भएको उनीहरूको गुनासो छ ।

जिल्ला समन्वय समितिका अधिकारी चन्द्रकान्त न्यौंपानेले उनीहरूको समुदायको तथ्याङ्क जिल्लामा सुचिकृत हुन नआएकोले ती समुदाय सामाजिक सुरक्षा भत्ता लीनबाट बन्चित भएको स्वीकार गर्नुभयो । २०५८ को जनगणना अनुसार जिल्लामा नेटुवा समुदायको जनसङ्ख्या २ सय ६४ रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: