शैक्षिक योग्यतामा अब्बल उपप्रमुख महिला


प्रकाशित मिति :2017-06-07 15:21:00

अप्रिल अधिकारी

रामेछाप । हालै सम्पन्न पहिलो चरणको स्थानिय तह निर्वाचनमा चुनिएका जिल्लाका नगर र गाउँपालिकामा निर्वाचित उपप्रमुख महिलाहरु शैक्षिक योग्यतामा अब्बल देखिएका छन ।

२ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानिय तहमा निर्वाचित अधिकांश पुरुष प्रमुखहरुको शैक्षिक योग्यता प्रवेशिका मात्र रहेको छ तर उपप्रमुखमा निर्वाचित महिलाहरुको शैक्षिक योग्यता दोब्बर रहेका छन् ।

रामेछाप नगरपालिकाको प्रमुखको योग्यता प्रवेशिका रहेको छ भने उपप्रमुख सृजना खडकाको योग्यता स्नातकोत्तर रहेको छ । साथै खडकाले एलएलबी समेत गरेकी छन् ।

जिल्लाको क्षेत्र नं १ अन्र्तगतको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार प्रवेशिका पास रहेका छन् भने उपाध्यक्षमा उर्मिला कार्की बस्नेत प्रमाणपत्र तह पास गरेकी छन् ।

यता लिुख गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खडका भन्दा उपाध्यक्ष दिपशीखा दाहाल अगाडि रहेकी छन् । खडका प्रवेशिका पास भने दाहाल प्रमाणपत्र तह पास छिन् ।

त्यसैगरी क्षेत्र नं २ अन्तर्गतका ३ वटा गाउँपालिकाका पुरुष अध्यक्ष भन्दा महिला उपाध्यक्ष शैक्षिक योग्यता अगाडि देखिएका छन् । सुनापति गाउँपालिका अध्यक्ष धावालामा प्रवेशिका पास छन् भने उपाध्यक्ष गिता विष्ट चौलागाइ स्नातकोत्तर छिन् ।

दोरम्बा गाउँपालिकाको प्रमुख कमानसिंह मोक्तान प्रवेशिका पास छन् भने उपाध्यक्ष कृसला घिसिङ स्नातकोत्तर तेस्रो समेस्टरमा अध्ययनरत छिन् । त्यसै गरी खाँडादेवी गाउँपालिकाको अध्यक्ष प्रेम तमाङ्ग प्रमाणपत्र तह पास छन भने उपाध्यक्ष मखमलि श्रेष्ठ स्नातकतह पास छिन् ।

मन्थली नगरपालिको प्रमुखको शैक्षिक योग्ता स्नातक रहेता पनि उपप्रमुख माया कार्कीको भने प्रवेशिका मात्र रहेको छ । भने गोकुलगंगामा मात्र अध्यक्ष खडग बहादुर सुनुवार र उपाध्यक्ष राधिका श्रेष्ठ प्रवेशिका उत्तीर्ण रहेका छन् ।

यसरी जिल्लाको मुख्य पदमा निर्वाचित भएका पुरुष र महिलाहरुको शैक्षिक लेखाजोखा गर्ने हो भने शैक्षिक योग्यता पुरुष भन्दा महिला नै अगाडि रहेका छन् । कम उमेर र बढी शैक्षिक योग्यताका साथ जनप्रतिनिधि हुन पाएकोमा खुसी लागेको छ रामेछाप नगरपालिकाकि उपप्रमखु सृजना कार्कीले भन्नुभयो ।

सडक बाटोलाई विकास र स्तोरन्नती, सुशासन कायम गर्दै सामाजिक न्यायको प्रत्याभुति गराउने, सम्बृद्ध र नमुना नगरपालिकाको रुपमा अघि बढाउने लक्ष्य मैले राखेको छु उहाँले महिला खबरसँग कुरा गर्दै भन्नु भयो महिला हिंसा, सामाजिक भेदभाव अन्त्य गरि कानुनी शासनको व्यवस्था मिलाउन मेरो प्रयत्न रहने छ उहाँले भन्नुभयो ।

कम उमेर र भर्खरै पढदै गर्दाको अवस्थामा पार्टीले टिकट दिएर जितियो दोरम्बा गाउँपालिकाकि उपाध्यक्ष कृसला घिसिङले बताउनुभयो । अध्ययन भए पनि कामको अनुभव छैन । एक्कासी नयाँमा परियो तर पनि अध्ययन र क्षमतालाई प्रस्तुत गरेर जनताको काम गरी जनताको मन जित्ने ध्याउन्नमा छु घिसिङल भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: