प्रमुख पदमा ३ विमलाको उम्मेदवारी


प्रकाशित मिति :2017-06-08 10:06:58

पार्वती पाण्डे

कपिलवस्तु । वाणगंगा नगरपालिकामा ३ जना विमला नामका नेतृहरु उम्मेदवार बनेका छन् । नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट विमला घिमिरे र उममेयरमा नेपाली कांग्रेसबाट विमला गैरे र माओवादी केन्द्रबाट विमला थारु उम्मेदवार बनेका हुन् ।

तिनै विमला विद्यार्थी जिवनबाट राजनीतिकमा प्रवेश गरेका हुन् । उनीहरु विभिन्न कालखण्डको राजनितिक आन्दोलनमा सरिक हँुदै आएका छन् ।
वाणगंगा ८ बोर्डगाउँ निवासी ४५ वर्षकी विमला घिमिरेले पार्टीको विभिन्न जिम्मेवारी वहन गर्दै कुशल नेतृत्व गरिसक्नुभएको छ । हाल एमालेको स्कुल विभाग र अनेमसंघको केन्द्रिय सदस्य हुनुहुन्छ ।

वाणगंगा २ राजपुर निवासी ४० वर्षकी विमला गैरे पनि विद्यार्थी जिवनबाट राजनितिमा आउनुभएको हो । गैरे पार्टीको क्षेत्रिय प्रतिनिधि र ट्रेड युनियन कांग्रेस अन्तर्गतको कृषि श्रमिक संघको केन्द्रिय अध्यक्ष हुनुहुन्छ ।

वाणगंगा ११ हथौसाकी ३५ वर्षिय विमला थारु २०५७ सालदेखि राजनितिमा लाग्नुभएको हो । थारु समुदायबाट राजनीतिमा होमिएकी थारु राजनीतिले मात्र समाज रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता राख्नुहुन्छ ।
हाल उनी पार्टिको जिल्ला कमिटि सदस्य हुन ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: