असुरक्षित गर्भपतनले पाठेघर झर्यो


प्रकाशित मिति :2017-06-08 12:41:44

यमुना खनाल

सिरहा । लहान नगरपालिकी १७ बर्षिया एक किशोरीलार्ई खप्नै नसक्ने गरी पेट दुख्न थाल्यो । रिगटा लाग्ने र हात खुटा दुख्न थाल्यो । तर समस्या कसैलाई सुनाउन आँट आएन । दिनदिनै समस्या बढ्न थाल्यो । हुँदा हुँदा हिड्न डुल्न गर्न पनि गाह्रो भयो । छोरीको अबस्था देखेर चिन्तित बनेकी आमाले तुरन्तै नजिकैको क्लिनकमा लगिन् ।

स्वास्थ्य परीक्षण गराउदा छोरी गर्भवती भएको थाहा भयो । आमाको होस हवास उड्यो । बिबाह नगरेकी छोरी गर्भवती भएपछि आमालाई पर्नु पीर पर्यो । त्यहि क्लिनिक संचालकको सल्लाहमा गर्भपतन गराउन अर्को क्लिनिकमा लैजाने निर्णय गरे । २५ हजार रुपैया तिरेर औषधी खाएर गर्भपतन गराए । गर्भपतन गराएपछि एउटा समस्या त सुल्झियो । तर त्यही क्षणिक सजिलो उपायले झन समस्या बल्झायो । असुरक्षित तरिकाले गर्भपतन गराएका कारण धेरै रगत बग्यो । पछि त्यही कारण पाठेघर बाहिर निस्क्यो । अहिले ढाड दुख्ने, मुटु दुख्ने र सास भर्न गाह्रो हुने समस्या छ ।

लहान नगरपालिका, १ की सीता रामको १५ बर्षकै उमेरमा बिबाह भयो । १६ बर्षमा पहिलो बच्चा भयो । अनि बर्षै पिच्छे पाँच वटी छोरीको जन्म दिईन् । छोरा जन्माउने चाहले पछिल्लो दुई पटक लिंग पहिचान गरि गर्भपतन गराएका थियो । गर्भपतन गराउदा तीस हजार रुपैया खर्च त भयो नै पाठेघर समेत सध्य रहेन ।
असुरक्षित गर्भ पतन गराएकाले अहिले उनको पाठेघर खसेको छ ।

जन मजदुरी गरेर खाने राम । निम्न आर्थिक अबस्था लाई पाठेघर खसेकाले ठूलो समस्या भएको छ । भारी काम गर्नु हुदैन । बस्न उठ्न गाह्रो हुन्छ । भीड काम गर्नु हुदैन । मजदुरी गरिखाने सीता ईटा सिमेन्ट बोक्नु पर्छ नसकेर के गर्ने उनले भनिनन् । छोराको चाहाना गर्दा यस्तो अबस्था आफुले झेल्नु परेको उनले दुखेसो पोखिन् ।

उनलाई गर्भपतन गराउन सूचीकृत हस्पिटलमा जानु पर्छ र तालिम प्राप्त डाक्टरबाट मात्र गर्भपतन गराउनु पर्छ भन्ने अहिले पनि थाहा छैन । सरकारी अस्पतालमा निशुल्क गर्भपतन सेवा छ भन्ने जानकारी पनि उनलाई छैन ।

लहानमा पाँच मिनेटकै दुरीमा सरकारी अस्पताल छ । गर्भपतनका लागि स्वीकृत प्राप्त संस्था मेरी स्टोप्स सेन्टर पनि छ । सिरहामा दुईवटा अस्पताल र तेह्रवटा सरकारी सूचीकृत स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउदै आएका छन् । आर्थिक बर्ष २०७३ ÷०७४ मा सिरहामा ६ सय ९३ जना महिलाले सूचिकृत स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो आर्थिक बर्षको बैशाखसम्ममा ६ सय ५१ जना महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सूचिकृत संस्थामा जानेहरुको संखया बिस्तारै बढ्दै गएको तथ्याङ्ले देखाएको छ ।

१२ हप्ता माथिको गर्भपतन गराउन कानुनले बन्देज गरेको छ । तर १२ हप्ता भन्दा माथिको पनि नीजि अस्पतालमा गर्भपतन गराई रहेका छन् ।सूचिकृत स्वास्थ्य संस्थामा भन्दा नीजीमा सस्था गर्भपतन गराउनेहरुको संख्या त्यतिकै ठूलो छ । जो सूचीकृत छैनन् उनीहरुको ब्यबसाय नै यही छ ।

अहिले नेपाल सरकारले निशुल्क गर्भपतनको सुबिधा सरकारले सूचिकृत गरेका अस्पताल र स्वास्थ्य चौकीले प्रदान गरिरहेका छन् । तर सेवाग्राहीले नीजि क्लिनिकमा गर्भपतन गराउदा २० देखि २५ हजार रुपैया समम तिरेर असुरक्षित गर्भपतन गराई रहेका छन् ।

निशुल्क गर्भपतन सेवा बारे जानकारी नहुदँ एकातिर ठूलो रासी खर्च गर्न बाध्य छन् भने अर्कोतिर ज्यानै जोखिममा हालेर असुरक्षित गर्भपतन गराई रहेका छन् ।
कानुनले गर्भपतनलाई महिलाको अधिकारको मान्यता दिए पनि सरकारले दिने सेवा बारे जानकारी तल्लो तह सम्म सूचना पुग्न नसक्दा शिक्षाबाट बन्चित भएका र बिपन्न बर्गले यसको लाभ लिन नसकेको अधिकारकर्मि गीता शाह बताउनु हुन्छ । वहाँ सबैभन्दा बढी बिपन्न बर्गका शिक्षा नपाएका महिलाहरुलाई नीजि अस्पतालको ठगि गरिरहेको जोखिमको शिकार बनाईरहेको बताउनु हुन्छ । अर्कोतिर अनुगमन गर्ने निकाय फितौलो हुनु पनि हो । जसले गर्दा कमाउ धन्दा मौलाएको शाह बताउनु हुन्छ ।

जिल्ला जनस्वास्थय कार्यलय सिरहाकी सुरक्षित मातृत्व शाखाकी फोकल पर्सन तेजु शाह नीजि अस्वास्थ्य संस्थाले कानुन बिपरित असुक्षित गर्भपतन गराई रहेको स्वीकार गर्नु हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: