तामाङ गाँउका अधिकांश बालबालिका अपांग


आर्थिक अभावले उपचार हुन सकेन

प्रकाशित मिति :2017-06-08 13:07:45

सर्मिला बुढाथोकी

दोलखा । गौरीशङ्कर गाँउपालिका, ८ खारे बाबियोडाँडा तामाङ गाँउकी ७ बर्षिय फुलमाया तामाङ दृष्टिविहिन हुन् । यसमाथि पनि उनको खुट्टा सुकेकाले हिड्डुल गर्न सक्दैनन् । २२ घरधुरी रहेको तामाङ गाउँमा फुलमाया जस्ता ७ जना बालबालिका अपांग छन् ।

धनबहादुर तामाङका छोराहरु १७ बर्षकी सितल तामाङ र १४ बर्षको सुमन तमाङ, प्रमिला तामाङको २ बर्षिय छोरा पेम दोर्जे तमाङ, दधिमाई तामाङका ४ बर्षिय छोरी सुनपती तामाङ र देवीका तामाङकी ७ बर्षिय छोरी फुलमाया तामाङ यस्तै समस्यामा छन् ।

त्यसैगरी तक्तबहादुर तामाङको ९ बर्षिय छोरा सुकमान तमाङ र साङ्ले तमाङको १५ बर्षिय छोरा अमृत तामाङ बहिरा छन् ।

सितल र सुमन जन्मदै अपाङ्गता भएका थिएनन् । सामान्य अवस्थामै जन्मिएका उनीहरु ३\४ बर्षको भएपछि खुट्टा सुक्दै जाने र हिड्न नसक्ने समस्याबाट पीडित भएका हुन् । त्यसैले कक्षा १ मा पढ्दापढ्दै पढाई छाड्नुप¥यो । सितल उपचार गरेर अरु जस्तै सामान्य बन्न सके धेरै पढेर बाबुआमाको सेवा गर्ने बताउँछन् ।

सितल र सुमनलाई उपचारका लागि बुबा धनबहादुरले गाँउको स्वास्थ्य केन्द्र देखि सदरमुकाम चरिकोटको विभिन्न अस्पतालमा पु¥याए । जिल्ला बाहिरा लैजान आर्थिक अभाव भएको धनबहादुरले बताए ।

अपाङ्गता भएकी सुनपतीकी आमा दधिमाईले छोरीलाई पढ्ने रहर भएर पनि विद्यालय टाढा भएको र अपांगता अनुकुल नहुँदा सम्भव नभएको बताउछिन् । आर्थिक अभावकै कारण उपचार हुन नसकेको उनले सुनाइन् । बस्तीका सवै बालबालिकाको उपचार हुनु नसक्नुको एउटै कारण हो आर्थिक समस्या ।

गौरीशङ्कर गाँउपालिका वडा नम्बर ८ खारेका नवनिर्वाचित वडा अध्यक्ष उदय खड्काले ति बालबालिकाहरुको समस्या पहिचान गरि सम्बन्धित निकायहरुसगँको समन्वयमा आवश्यक सहयोग गर्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: