गर्भवती महिलालाई जलाएर मारियो


प्रकाशित मिति :2017-06-08 16:08:09

महिला खबर

भारतको कर्नाटक राज्यमा एक जना २१ वर्षीया गर्भवती मुस्लिम महिलालाई उनको परिवारले घरबाट भागेर दलित पुरुषसँग विवाह गरेको कारण जलाएर मारेको आरोप प्रहरीले लगाएको छ ।

बानु बेगम आफ्नो घर गुन्डकनालाबाट भागेर प्रेमी सयाबन्ना कोन्नुरसँग गोवा राज्यमा दुई हप्ताअघि विवाह गरेकी थिइन् । प्रेमी वाल्मीकि जातका थिए, प्रहरीले मंगलबार भने । बानुका परिवार आक्रोशित भए र प्रहरीमा उजुरी दिए । तर उनी उमेर पुगिसकेकी महिला भएकीले प्रहरीले उजुरी दर्ता गर्न मानेनन् । यसले ती महिलाका नातेदारहरुलाई झन् आक्रोशित पार्यो ।

प्रहरीले बताए अनुसार ती नवविवाहित जोडी गत हप्ता कर्नाटकको आफ्नो घरमा फर्केका थिए। गत शनिवार ती महिलाको परिवार उनीहरूको घरभित्र जबर्जस्ती छिरे र उनलाई आगो लगाए । उनका श्रीमानपनि उत्त घटनामा घाइते भए र उनलाई अस्पताल भर्ना गरिएको छ । “हामीले अहिलेसम्म उनकी आमा रामजन्बी, भाइ अकबर, दिदी डाभल्बी र भिनाजु जिलानीलाई हिरासतमा लिएका छौँ,” प्रहरी उपरीक्षक कुल्दीप कुमार जैनले भने। “यसै घटनाको सिलसिलामा उनका अरू दुई दिदीहरुको खोजी भइरहेको छ,” जैनले भने।

साभारः हिन्दुस्तान टाइम्स्

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: