सर्मिला बुढाथोकी
दोलखा । राजनीतिमा सक्रिय दोलखा शैलुङ्गेश्वर गाँउपालिका, ५ काटाकुटीकी नेतृ उर्मिला कार्की बुबाको किरियामा बस्नुभएको छ ।
हिन्दु संस्कारमा मृत्यु संस्कार महिलाले गर्नु हुदैन भन्ने मान्यता रहेको अवस्थामा उर्मिलाले आफ्नो बाबुको मृत्यु संस्कारको सबै कार्य गर्नुभएको छ ।
उर्मिलाका बुबा लिलाबहादुरको ७२ बर्षको उमेरमा जेठ १८ गते मृत्यु भएको हो ।
‘बाबुले छोरा नभएकोले जहिले पनि मेरो किरीया कसले गर्ला भनेर चिन्ता गरिरहनु हुन्थ्यो । म बुबालाई भन्थे हजुरलाई कहिले पनि छोराको कमि महशुस हुनदिनेछैन । आज त्यही बचन पुरा गर्देछु ।’ उर्मिलाले भन्नुभयो ।
उहाँहरुको ३ दिदीबहीनि हुनुहुन्छ । हिन्दु संस्कार अनुसार एक बर्षसम्म बाबुको पितृकार्य छोरा सरह पुरा गर्ने उर्मिलाले बताउनुभयो । ‘म राजनीतिमा मात्र हैन सामाजिक अभियानमा पनि बाबुले देखाएको मार्गमा हिड्छु ।’ उर्मिलाले भनिन् ।
तत्कालीन काटाकुटी गाविसमा नेपाली कांग्रेसको पार्टी सभापति रहनुभएकी उर्मिला हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा शैलुङ गाँउपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखको उम्मेदवार हुनुहुन्थ्यो ।
Comment Here!