श्रीमतीको अनुहारमा तातोतेल


प्रकाशित मिति :2017-06-09 10:16:13

सर्मिला बुढाथोकी

दोलखा । बैतेश्वर, ६ नाम्दुकी ३४ बर्षिया उर्मिला तामाङ अहिले टिचिङ अस्पताल काठमाडौँको वर्न वार्डको ३७ नम्बर बेडमा छटपटाई रहेकी छन् ।

उनको अनुहार, डाढ र पाखुराहरु सवै पोलेका छन्, यो अवस्था कुनै दुर्घटनामा परेर भएको भने हैन । उर्मिलाका श्रीमान कुमार तामाङले उर्मिलाको अनुहारमा तातो तेल खनाएको पीडितको दाजु अमित तमाङले बताए ।

सधै बिभिन्न बहानामा कुटपिट, अपशब्दमा गालिगलौज र अपमान गर्दै आएका कुमारले मंगलवार मासु पकाउन तताएको तेल मुखमा खनाई दिएको अमितले सुनाए ।

‘मंगलवार मेलाबाट फर्केपछि मासु खाने इच्छा भएकोले छोरालाई बजारमा मासु किन्न पठाए र आफु तेल तताउदै थिए, त्यतिनै बेला मादक पर्दाथ सेवन गरी आएका श्रीमानले त्यहि तातोतेल अनुहारमा खनाई दियो ।’ उर्मिलाले भनिन् । उनलाई मार्छु भन्दै लखेटेका थिए ।

घट्नाको खबर पाउना साथ प्रहरी पीडितको घर पुगेपनि कुमार फरार भै सकेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक प्रेमसागर केसीले बताए । उनको खोजी भैरहेको जनाएको छ ।

मंगलवार राति ८ बजे तिर भएको घट्ना लगतै पीडितको देवरले घाईते उर्मिलालाई उपचारको लागि मैनापोखरी अस्पतालमा लगेको र बुधवार विहान थप उपचारको लागि काठमाडौँ टिचिङ अस्पताल पु¥याईएको पीडितको दाजु अमितले बताए ।

पीडित उर्मिलाको १७ र १३ बर्षको दुई छोरा तथा ९ बर्षको एक छोरी रहेका छन् । कुमारले पहिले पहिले पनि मादक पर्दाथ सेवन गरेर बैनीलाई कुटपिट गर्ने गरेको उर्मिलाको दाजु अमितले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: