अनिच्छित गर्भ: समस्या


प्रकाशित मिति :2017-06-09 14:07:13

खेमा बस्नेत

काठमाडौं । कैलाली– गेटाकी रस्मी वि.क उमेरले २७ वर्षकी भइन् । तर, हेर्दा उनी ३५ नाँगेझै देखिन्छिन् । उमेरभन्दा बुढौली देखिनुको एउटै कारण थियो उनको अनिच्छित गर्भपतन ।

रस्मीले २७ वर्षकै उमेरभित्र ६ पटक गर्भपतन गरिसकेकी छन् । तीन वर्षअघि स्लिम उनको शरिर मोटाएर भद्धा भएको छ । यसै कारणले विभिन्न शारिरीक समस्या समेत देखा पर्न थालेको उनी बताउँछिन् ।

लिविङ्ग टुगेदर (विहे अघि केटाकेटी सम्बन्ध रहनु) मा बसेकी उनी उनका साथीले अस्थायी साधन प्रयोग गर्न नमान्दा पटकपटक गर्भपतन गर्नुपरेको रस्मीले सुनाइन् । ‘उनले यौन सम्बन्ध राख्दा अस्थायी साधन प्रयोग गर्नुहुन्न, न त बच्चा जन्माउने इच्छा नै राख्नुहुन्छ । त्यसैले अनिच्छित गर्भ बसेपछि गर्भपतन गराउन बाध्य गर्नुहुन्छ ’ रस्मीले भनिन् ।

एक पटक रस्मीले पाँच महिनाको बच्चा समेत फालेकी छन् । साथीलाई बच्चा जन्माउन आग्रह गर्दा नमानेपछि उनी फाल्न बाध्य भएकी उनी बताउँछिन् । ‘गर्भ बसेको पाँच महिना भएको रहेछ । अब त नफालौ भन्दा उहाँले मान्नु भएन, उल्टै कुटपिट गरे । पछि मैले नै डाक्टरसंग अनुरोध गरेपछि एभोर्सन गरे’ उनले भनिन् ।

गर्भपतन गराउन उनका साथीसंगै गएपनि नाम भने उनले सही कहिल्यै बताउदैनथे । श्रीमान र श्रीमति हो भन्दै दुवै जनाको नाम फरक बताउने गरेको रस्मीले बताइन् ।

धेरै पटक गर्भपतन गरेर रोगलाई निम्त्याएकी रस्मीले विवाह गर्ने दवाव दिईन । तर उनको साथी विवाह गर्न राजी भएनन् । उनी प्रहरी सम्म त पुगिन् तर उनीसंग प्रमाण थिएन । मुद्धा हारिन्, अहिले एक्लो छिन् ।

कैलाली उदासीपुरकी मेनुकाकुमारी चौधरी एक मोबाइल पसलमा काम गर्थिन् । त्यही वेला उनको मालिक सिद्धिकीसंग प्रेम बस्यो । मालिकले विवाहको आश्वासन दिएपछि उनले पटकपटक यौन सम्बन्ध पनि राखिन् । यसरी यौन सम्बन्ध गर्दा तीन पटक अनिच्छित गर्भ बस्यो । गर्भ बसेपछि विवाह गर्न मेनुकाले मालिकलाई निकै दवाव दिइन् । मालिकले नमानेपछि तीनै पटक गर्भपतन गराउन बाध्य भइन् ।

उनीहरुविच सम्बन्ध भएको धेरै भएपछि एक दिन मेनकाले विवाह गर्न आग्रह गरिन् । मालिकले उनको प्रस्ताव अस्विकार गरेपछि मेनकाले पसलमै आत्महत्या गरिन् । आत्महत्या गर्नुअघि उनले लेखेको सुसाइट नोट प्रहरीले फेला पार्यो । नोटमा हात्महत्याको कारण मालिक नै भएको लेखिएको थियो ।

आत्महत्या पछि प्रहरी हिरासतमा परेका मोवाइल ग्यालरी सञ्चालकलाई अदालतले प्रमाण नपुगेको भन्दै उन्मुक्ति दिएपछि उनी रिहा भए ।

त्यसैगरी कैलाली धनगढी स्थित मनेहरा टोलकी मिरा बोगटीले विवाह गरेको तीन वर्षमा २ पटक गर्भपतन गरिसकेकी छन् । तेस्रो पटकमा बसेको गर्भपतन गर्न नमानेपछि भने उनले छोरी जन्माइन् ।

तेस्रो पटक छोरी भएपछि चौथो पटक बसेको गर्भ जाँच गराउन उनी भारतको पलिया गए । चौथो पटक पनि छोरी नै देखाएपछि नेपाल आएर उनले फेरी गर्भपतन गराएको उनको बताउँछिन् ।

कैलालीमा सुरक्षित गर्भपतन गराउनको लागि सेती अञ्चल अस्पतला लगायत ६ ओटा स्वास्थ्य संस्थालाई सरकारले अनुमति दिएको छ ।

नेपाल सरकारले २०६० सालमै सुरक्षित गर्भपतन सेवा लागु गरेको हो । महिलाको स्वेच्छाले १२ हप्तासम्मको गर्भ, जबरजस्ती वा हाडनाता करणीवाट रहन गएको १८ हप्तासम्मको गर्व तथा गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरा पुग्ने, शारीरिक वा मानसिक रुपले स्वास्थ्य खराव भएमा वा बिकलाङ्ग वच्चा जन्मने भएमा चिकित्सकको रायमा जुनसुकै अवधिको पनि गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ ।

मानसिक अवस्था ठिक नभएकी महिला वा १६ वर्ष भन्दा मुनीको भएमा नजिकैको नातेदार मन्जुरीमा लिई मात्र गर्भपतन गराउन पाइने व्यवस्था छ । तर गर्भ जाँच गराएर लिंगको आधारमा गर्भपतन गर्न पाइदैन ।

त्यसैले सिमा क्षेत्रका नेपाली दम्पतिहरु गर्भको बच्चा छोरा वा छोरी के छ पहिचान गर्न छिमेकी देश भारतको पलिया, लखनउ, बरेली र खटि पुग्छन् । गर्भ जाँच कानूनी रुपमा अबैध भएपनि भारतका निजि क्लिनिकहरुमा कम पैसामै जाँच हुने र गर्भपतन पनि सहजै गरिदिने भएकाले सिमा क्षेत्रमा गर्भपतन अधिक भैरहेको स्थानियबासीहरु बताउछन् ।

यसले महिलाको स्वास्थ्यमा ठूलो समस्या थपिएको छ । अनिच्छित गवर्भपतनले पाठेघर खस्ने, क्यान्सर, रक्तअल्पता जस्ता ठूला रोग लाग्ने र ज्यान नै जाने जोखिम बढी हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

विश्वमा प्रतिवर्ष करिव २० करोड ८० लाख महिलाहरु गर्भवती हुन्छन् । त्यस मध्ये ८ करोड ५० लाख अर्थात ४१ प्रतिशत गर्भ अनिच्छित भएको अनुमान छ । यसरी अनिच्छित बसेको गर्भमध्ये करिव ४ करोड ६० लाखले गर्भपतन गराउँछन् ।

नेपालमा जनसाख्यिक स्वास्थ्य सर्वेक्षणले सन् २०११ अनुसार करिब २५ प्रतिशत अर्थात ४ गर्भ मध्ये १ गर्भ अनिच्छित हुने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०३४ मा ३ हजार ८९७ जनाले सुरक्षित गर्भपतन  गराएका छन् । जसमा २० वर्षमुनीका ४६७ जना रहेका छन् । जनस्वास्थ्य कार्यालय कैलालीका तथ्यांक अधिकृत मोहनदेव भट्टका अनुसार चालु आर्थिक वर्षको बैशाख सम्ममा मात्र सुरक्षित गर्भपतन गराउनेको संख्या ३ हजार ३९ पुगेको छ । त्यसमध्ये २२० जना २० वर्ष मुनीका रहेका छन्

 

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: