सुत्केरी र नवजात शिशुको मृत्यु


प्रकाशित मिति :2017-06-09 14:16:07

महिला खबर

काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका, ६ छापथोककी ३५ वर्षीय शान्ता भण्डारी र उनको शिशुको मृत्यु अस्पतालको लापरबाहीले भएको आफन्तले आरोप लगाएका छन् । शान्तालाई मंगलबार मणिपाल शिक्षण अस्पतालमा भर्ना गराएको थियो । चिकित्सकले जेठ २२ गते बच्चा जन्मिने मिति तोके पनि उक्त मितिमा शान्तालाई बेथा नलागेपछि श्रीमान् रामबहादुर भण्डारीले श्रीमतीलाई अस्पताल लगेका थिए ।

अस्पतालले सवा १० बजे शान्तालाई प्रसुती वार्डमा भर्ना लियो । उनलाई ५ बजे बेथा लाग्ने औषधि दिइयो । बुधवार बिहान २ बजे बेथा लाग्यो पनि । साढे २ बजे उपचारमा खटिएका चिकित्सकले शिशुलाई जन्म दिएपनि तत्काल मृत शिशु जन्मेको बताएको थियो । चिकित्सकले आमाको अत्यधिक रक्तस्राव भइरहेकोले तुरुन्त ४ पोका रगत ल्याउन भने । बिरामीका आफन्तले रक्त सञ्चार केन्द्र पुगेर रगत ल्याए । बुधवार बिहान ५ बजे डाक्टरले पाठेघर फुटेर आमाको पनि निधन बताएको थियो ।

आफन्तले अस्पतालको लापरबाहीका कारण आमा र बच्चाको मृत्यु भएको भन्दै घटनाको निस्पक्ष छानबिन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आएका छन् । शान्ताको उपचारमा संलग्न चिकित्सक महेन्द्र पाण्डेले आमालाई बेथा सुरु भइसकेपछि बच्चाले आमाको पेट भित्रको पानी खाएको र आमाको पनि नसाहरूमा उक्त पानी सकिएर एक्कासि निधन भएको बताएका छन् ।

पीडित पक्षले भने चिकित्सककै लापरबाही भएको भन्दै छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा बुधवार नै लिखित निवेदन दिएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: