रोकियो बालविवाह


सिन्दूर हाल्ने वेलामा प्रहरी पुगेपछि

प्रकाशित मिति :2017-06-09 16:34:37

लिलाराज भटराई

सुनसरी । बिहीबार इटहरी ९ कि सरिता थापा र कोशीहरैचाका भीम बहादुर कटुवालको विवाह समारोह थियो । हिन्दु संस्कार अनुसार विवाह भइरहेको थियो ।

गोढा धुने संस्कार सकेपछि जब सिन्दूर हाल्न कोसीले सरीताको सिउँदोमा सिन्दूर हाल्न अगाडी बढे तब इलाका प्रहरी कार्यालय पकलीको प्रहरी टोली सो विवाह पुगे । विवाह रोकियो ।

१६ वर्षकी सरीता र १७ वर्षका भीमको बालविवाह हुँदै गर्दा प्रहरीले रोकेको हो । इटहरी भरका बालक्लवहरुको भेलामा एउटा खबर आयो । इटहरी ९ मा बालविवाह हुँदैछ । तत्काल क्लबका बालबालिकाले इलाका प्रहरी कार्यालय पकलीमा फोन गरे । सरिता र भीमको बालविवाह रोकिदिन आग्रह गरेपछि प्रहरी त्यहाँ पुगेको थियो । प्रहरीले बेहुला, बेहुली, बेहुलाका आमावुवा र बेहुलीकी आमालाई पक्राउ पक्राउ गरेको छ ।

नौ कक्षामा पढदै गरेकी बेहुली बालिकालाई महिला तथा बालबालिका कार्यालय सुनसरीले संरक्षणमा लिएको छ । बालविवाह विरुद्धको मुद्धा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले बताएको छ । विवाह रोकेको भन्दै परिवार आक्रोसित भएका छन् । इलाका प्रहरी कार्यालय पकलीमा दुवै पक्षलाई राखेर छलफल भइरहदा पनि बाहिर उत्तेजित भीडलाई नियन्त्रण गर्न समस्या भएको प्रहरीले जानकारी दिएको छ ।

इटहरी नगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमालले नेपालको कानुन अनुसार २० वर्ष नपुगि विवाह गर्न नमिल्ने भएका कारण बालविवाह रोकेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: