पारिवारिक कलहले बालबालिकाको पढाई प्रभावित


प्रकाशित मिति :2017-06-09 17:08:50

सर्मिला बुढाथोकी

दोलखा । ‘हाम्रो बुबालाई त सधैँ भरी जेलमै राखिदिनु भन्नुस न, बाहिर निस्किए भने त हामी सबैलाई मार्छन्’, – १३ बर्षिया रमेश बस्यालले आफन्तहरुसंग आग्रह गरे ।

मदिरा सेवन गरी श्रीमतीलाई कुटपिट गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरेका मेलुङ गाउँपालिका, १ का कालुमान बस्यालका १३ बर्षिया छोरा रमेशले आफन्तसंग यस्तो आग्रह गरेका हुन् । शरीर भरी निलडाम अनि भाँच्चिएको खुटा घिसार्दै ३३ बर्षिया कमला (आमा) पनि चार छोराछोरी सहित प्रहरी कार्यालय पुगेकी थिइन् । उनका छोराछोरीहरुले बुबालाई कार्वाही गरी आमालाई न्याय दिन आग्रह गरिरहेका थिए ।

सधैँ मदिरा सेवन गरी श्रीमान्ले मराणासन्न हुने गरी कुटपीट गरेपछि आफन्तको सहयोगमा कमला छोराछोरी च्यापेर न्यायका लागि सदरमुकाम चरिकोट आईपुगेकी हुन् । १९ वर्ष अघि कालुमानसँग वैवाहिक जीवनमा बाँधिएकी कमलाले विवाह गरेको ६ महिना देखि नै मानसिक तथा शारीरिक यातना भोग्दै आएको बताइन् । ‘पहिले त सामान्य कुटपीट गर्थै, रक्सी खानेको बानी यस्तै हो भनेर सहदै आएकी थिए ।’ कमलाले भनिन्– ‘गत फागुण देखि त सहनु भन्दा पनि ज्यान बचाउनै मुस्किल परेको छ ।’

पटक पटक कुटिदा उनी माइती गएर बस्ने गर्थिन् । श्रीमान् केहिदिन नम्र भएर लिन आउथे, अब त सुध्रिए होनान् भनेर घर आयो । फेरी व्यवहार उस्तै । कमलाका भाइ गोपाल सार्की आफ्नी दिदीलाई दिनँहू यातना दिनेलाई हदैसम्मको कार्वाही हुनपर्ने बताउँछन् । पटक पटक झगडा हुँदा गाउँघरमै बसेर कागज गरी मिलापत्र गराएपनि नसुध्रिएपछि प्रहरीमा आएको गोपालको भनाई छ । प्रहरीले भने कालुमानलाई केहीदिन हिरासतमा राखेर अबको दिनमा कुटपिट नगर्ने सर्त सहित मिलापत्र गराइदिएको छ ।
गाउँघरमै आरो लगाउने र ढुङ्गा बोक्ने काम गर्दै आएका कालुमानले मजदुरी गरेर कमाएको पैसा रक्सी खाएरै सिध्याउने गरेको कमला बताउछिन् । श्रीमानको दैनिकको यातनाका कारण कमला सदरमुकाम चरिकोट स्थित आवाज नेपालको आश्रयमा कसेकी थिइन् । घरमा दैनिक कलह हुने भएपछि कालुमानको बालबच्चा शैक्षिक अवसरबाट समेत वञ्चित भएका छन् । घरमा राम्रो वातावरण नभएको र अन्य विकल्प समेत नभएकाले पढ्न नपाएको रमेशले बताए । ‘बुबा रक्सी खाएर सधैँ आमालाई कुट्नु हुन्छ, घरमा पढ्ने वातावरण नै छैन, १४ बर्षिया रोशनाले गुनासो पोखिन् ।

१ कक्षा मात्र अध्ययन गरेकी रोशना पारिवारिक समस्याकै कारण मन भएर पनि पढाई छोड्नु परेको बताउँछिन् । रोशनीकी दिदी रञ्जुको भने विवाह भैसकेको छ । घरयसी समस्याकै कारण पढ्न नसकेकाले १६ वर्षकै उमेरमा विवाह गरेको रञ्जु बताउछिन् । ९ बर्षिया बहिनी रमिलालाई पढाईदिने सर्तमा अर्काको घरमा काम गर्न राखेपनि पढ्न भने नपठाएको रञ्जुले बताइन् । कक्षा ४ सम्म पढेका रमेशले पनि बाबुकै कारण पढाई छाडेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाको मुद्धा शाखाका यज्ञ शाहले अबदेखि कुटपिट नगर्ने र छोराछोरीलाई समेत पढाउन सहयोग गर्ने सहमति पछि श्रीमान् श्रीमती बिच मिलापत्र गराएको बताउँछन् । आवाज नेपालकी अध्यक्ष सिर्जना कार्की घरेलु हिंसाका घट्ना धेरै आर्थिक समस्याकै कारण हुने र त्यसको असर महिला र बालबालिकालाई पर्ने हुँदा सरोकारवालाको ध्यान जानुपर्ने बताउनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: