तालमेलले महिलाको पद खोसियो


प्रकाशित मिति :2017-06-11 11:18:28

पार्वती पाण्डे

कपिलवस्तु । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा दलहरू बिच तालमेल (गठबन्दन) हुँदा महिलाहरूको पद खोसिएको छ । उत्साहका साथ उम्मेदवार बनी प्रचारप्रसारमा लागेका महिलाहरूको उम्मेदवारी गठबन्दन पछि एकाएक हटाइएको छ ।

वाणगंगा नगरपालिकामा नेपाली काँग्रेसबाट उपमेयरका दावेदार विमला गैरे उत्साहका साथ चुनावी प्रचार प्रसार गर्दै घर दैलोमा लाग्नुभएको थियो । तर नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस बिच गठबन्दन भएपछि विमलाको उपमेयरको पद खोसिएको छ ।

यस बारेमा महिला खबरले जिज्ञासा राख्दा उहाँले दुई पार्टीबिच गठबन्दन भएपछि आफूलाई मेयरको उम्मेदवारी दिने भनेको तर निणैय नभएको बताउनुभयो । त्यस्तै माओवादी केन्द्रकी विमला थारु पनि खुसीका साथ थारु महिलाहरूको अगुवाई गर्दै वाणगंगा नगरपालिकाको उपमेयरमा उम्मेदवारी दिनुभएको थियो । काँग्रेस–माओवादी तालमेलले उहाँको पनि उम्मेदवारी खोसिएको छ ।

दुवै पार्टीको तालमेलपछि नेपाली कांंग्रेसको मंगल थारु मेयर र माओवादी केन्द्रका टोपनारायण बेल्बासेलाई उपमेयरको उम्मेदवार बनाउने बताइएको छ । नेकपा एमालेको पकड क्षेत्र मानिने यस नगरपालिकामा एक्ला एक्लै उठ्दा नजित्ने अड्कल बाजी गर्दै दुई पार्टी बिच तालमेल भएको देखिन्छ । वाणगंगा जिल्लाकै शक्तिशाली नगरपालिकाका रुपमा लिइन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: