कुवत बार्न छोड्न थाले महिला


प्रकाशित मिति :2017-06-11 15:25:17

शिवराज खत्री

अछाम । बच्चा गर्भमा रहेदेखि दुई वर्षको अवधिमा बच्चाको खानपान हेरचाहका साथै आमा स्वयम्ले अपनाउनुपर्ने सावधानीका बारेमा महिला सचेत बन्न थालेका छन् । बच्चा पेटमा बसेदेखि नियमित स्वास्थ्य सस्थामा गर्भ जाँच, आइरन चक्की तथा जुकाको औषधि सेवन, विभिन्न खोपका साथै स्वास्थ्य सस्थामै सुत्केरी हुने बारेमा ग्रामीण स्तरका महिला पनि सचेत बन्दै गएका हुन् ।

सुनौला हजार दिन भित्र पर्ने महिलाले त्यस अवधिमा पोषिलो खानेकुरा अनिवार्य रूपमा खानुपर्ने तथा बच्चा जन्मिसकेपछि छ महिनासम्म आमाको दूध र त्यसपछि थप पोषिलो खानेकुरा पनि खुवाउने बारेमा महिला सचेत बन्दै गएको पाइएको छ ।

गर्भवती तथा सुत्केरी महिलाले दूध, दही, हरियो सागपात, फलफुल, माछा मासु, अण्डा जस्ता पोषिलो खानेकुरा खानु हुँदैन भन्ने परम्परागत सोचबाट ग्रसित समाजमा सुरक्षित मातृत्व बारे सचेतना बढ्दै गइरहेको पाइएको हो । ‘पहिलेका जमानामा गर्भवती र सुत्केरी महिलाले कुवत बार्नुपर्छ भनेर सुख्खा खाना खानु पर्दथ्यो अहिले भने पाएसम्म सबै कुरा खान थालेका छौ’ बिनायक–२ की जयसरा आउजीले भन्नुभयो–‘पहिलेका जमानामा नबुझेर कुवत बारिए छ अहिले भने कुवत बार्न छोडेका छौ ।’

गर्भवती तथा बच्चा दूध सेवन गर्ने अवधि सम्ममा महिलालाई चिल्लो पोषिलो खानेकुरा खाएमा बच्चा बिरामी हुँने गलत सोचको कारणले गर्दा बुढापाकाहरुले पोषिला खानेकुरा खान नदिने गलत सोच बिस्तारै हट्दै गएको बिनायक–२ की तारा बिकले सुनाउनुभयो । ‘गर्भवती तथा सुत्केरी अवस्थामा अरू समयको भन्दा झन् बढी पोषिला खानेकुरा खानुपर्ने रहेछ हामीले त धेरै पछि मात्र बुझ्यौँ’ ताराले भन्नुभयो–‘सासु ससुराले बच्चा बिरामी हुन्छ भनेर सुख्खा खाना खुवाउन लगाए त्यसैले हामी कम्जोरी पनि भयौँ ।’

सरकारले आमा तथा बच्चाको सुरक्षाका साथै उनीहरूको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेपछि महिलामा यस सम्बन्धी चेतना बढ्दै गएको हो । बिनायक–२ कि महिला स्वास्थ्य स्वयम् सेवीका काली बिकले पहिलेको भन्दा अहिले कुवत बार्ने प्रचलन निकै कम भइसकेको बताउनुभयो । गर्भवती र सुत्केरीले पोषिला खानेकुरा खाएमा बच्चा बिरामी हुनुका साथै ज्यानै जान्छ भन्ने गलत मान्यता व्याप्त रहेको समाजमा उक्त मान्यता हटाउनका लागि आफूहरूले ठूलौ संघर्ष गर्नु परेको समेत उहाँले जानकारी दिनुभयो ।

सरकारले नियमित गर्भजाँच, सस्थागत सुत्केरी तथा सुत्केरी पछिको २८ दिन सम्म नियमित स्वास्थ्य परीक्षण जस्ता क्रियाकलापलाई महत्वका साथ कार्यान्वयन गर्न थालेपछि महिलाहरूले सुनौला हजार दिनको बारेमा सचेत बनेको जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताउनुभयो । बच्चाको करिब ८० प्रतिशत मानसिक विकास पेटमा जन्मेदेखि दुई वर्षको अवधिमा भैसक्ने हुँदा यस अवधिमा आमा तथा बच्चाले खाने कुरामा विशेष ध्यान दिनुपर्ने कुरा अधिकांश महिलाले बुझेको उहाँले जानकारी दिनुभयो ।
सरकारी कार्यालयका साथै विभिन्न संघ सस्थाले पनि सुनौला हजार दिनका महिला तथा बालबालिकालाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरेकाले आमा तथा बच्चाको स्वास्थ्य अवस्था सुधारमा थप मद्दत पुगेको ढुंगानाले बताउनुभयो । बुहुक्षेत्रीय पोषण आयोजना तथा सुनौला हजार दिन सञ्चार अभियान, वाक नेपाल र वल्र्डभिजन इन्टरनेश्नलको साझोदारीमा सञ्चालित मातृ बाल स्वास्थ्य तथा पोषण कार्यक्रम, सुआहाराले सुनौला हजार दिनका महिलालाई विशेष लक्ष्ति गर्दै हरेक बार खाना चारका साथै विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् । सूनौला हजार दिन सञ्चार अभियानले महिला गर्भवती भएलगत्तै उसको विस्तृत विवरण संकलन गरी नियमित स्वास्थ्य संस्था गएर चेकजाँच गराउन सल्लाह दिने गरेको कार्यक्रम संयोजक लोकबहादुर शाहीले जानकारी दिनुभायो ।

महिलाहरू आफू र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनसक्ने भएकाले बिस्तारै मातृ तथा नवजात शिशु मृत्युदरमा पनि निकै कमी आएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार यस वर्षको हाल सम्म अछाममा एउटा पनि आमाको गर्भ तथा सुत्केरी अवस्थामा ज्यान गएको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: