नारी सेवा समितिको साधारणसभा


प्रकाशित मिति :2017-06-11 15:49:50

महिला खबर

पोखरा । ‘हामी नारी एक हौ’ भन्ने नाराका साथ स्थापित नारी सेवा समितिको १२ औँ वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले महिलाको नेतृत्वमा स्थापित संघ संस्थाले सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्न सफल भएको बताउनुभयो ।

संस्थाले आफ्नो उद्देश्य उन्मुख कार्यलाई निरन्तरता दिँदै अघि बढ्न सफल भएको भन्दै आगामी दिनमा महिलाको आर्थिक र सामाजिक हैसियत वृद्धिका लागि ध्यान दिन आग्रह गर्नुभयो । समितिका निर्वतमान अध्यक्ष एवं पोखरा उद्योग वाणिज्य संघ महिला उद्यम विकास उपसमिति संयोजक सिता बरालले संस्थाको वृहत्तर विकास र उद्देश्य हासिल गर्नका लागि सबै नारी एक भएर अघि बढ्नु पर्ने बताउनुभयो ।

सामाजिक चुनौतीलाई सामना गर्न महिलाका साझा मुद्दामा एक हुन सके विभेदको अन्त्य हुने उहाँको भनाई थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: