महिला हिंसाको घट्नामा प्रहरीलाई धम्की


प्रकाशित मिति :2017-06-11 16:31:27

सर्मिला बुढाथोकी

दोलखा । महिला हिंसाका घट्ना कानूनी रुपमा अघि बढाउदा दवाव मात्र नभएर प्रहरीलाई धम्की समेत आउने गरेको प्रहरीहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखामा कार्यरत प्रहरी हवलदार कल्पना पराजुलीले महिला हिंसाका उजुरी पर्नासाथ मिलापत्रका लागि दवावसहित धम्की आउने गरेको बताउनुभयो । ‘महिला हिंसाका घट्नामा उजुरी पर्नासाथ मिलापत्रको लागि दवाव आउने र प्रत्यक्ष÷अप्रत्यक्ष धम्की आउने गर्छ ।’ पराजुलीले भन्नुभयो । यसले कतिपय अवस्थामा पीडितलाई न्याय दिलाउन समस्या हुने बताउनुभयो ।

महिलाहरु आर्थिक रुपमा सक्षम नहुदा हिंसा सहन बाध्य हुनु परेको माइति मञ्च दोलखाकी उपाध्यक्ष दिलु थापाले बताउनुभयो । दिलु भन्नुहुन्छ– ‘हिंसा विरुद्धको कार्यक्रम हिंसा गर्ने माथि केन्द्रीत हुन सक्नु पर्छ र महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रमले प्राथमीकता पाउनु पर्छ ।’

अधिकांश हिसांको घटनाको प्रकृति हेर्दा मदिरा सेवन प्रमुख हुने गरेको र मदिरा उत्पादन गर्ने महिला नै भएकोले यस तर्फपनि सबै सजग र सचेत हुनुपर्ने होटल व्यवसायि संघका सन्तोष पाठकले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘आर्थिक उर्पाजनको लागि महिलाहरुले घरेलु मदिरा उत्पादन गरेको पाईन्छ त्यसैले उनीहरुलाई आर्य आर्जनको विकल्प दिएर घरेलु मदिरा उत्पादन बन्द गर्नुपर्छ ।’

जेठको दोस्रो सातामा मात्रै दोलखामा ३ वटा महिला हिंसाको घटना दर्ता भएका छन् । त्यसको प्रमुख कारण मदिरा सेवन देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दोलखा बैतेश्वर गाउँपाकाकी ३४ बर्षिया उर्मिला तमाङलाई श्रीमानले अनुहारमा उम्लिएको तेल खन्याएको र मेलुङ गाउँपालिकाकी कमला बस्याललाई श्रीमानले मराणसन्न हुने गरी कुटपीट गरी खुट्टा भाचिदिएको घट्नालाई हेर्दा मदिरा सेवन प्रमुख कारण देखिएको प्रहरीको भनाई छ ।

प्रहरीको तथ्याक अनुसार आर्थिक बर्ष २०७३÷०७४ मा ३९ वटा महिला हिंसाको घटना दर्ता भएकोमा १४ ओटा फर्छोयोट भैसकेको छ । ३ ओटा अदालतमा पेश गरेको र २२ वटा फर्छौयट हुन बाँकी रहेको जनाएको छ । त्यसैगरी महिला तथा घरेलु हिंसा सम्बन्धि १ सय ओटा ठाडो निवेदन परेकोमा ६२ ओटा फर्छोयोट भएका,े ३ ओटा अदालत पठाइएको र ३५ ओटा फर्छोयोट हुन बाँकी छ ।

महिला तथा बालबालिका कार्यालय दोलखाकी निमित्त प्रमुख सुर्जा दहाल विभिन्न ठाउँमा महिला तथा बालबालिकामा देखिएका समस्या समाधानका लागि कार्यालय सधै तत्पर रहेको र सम्बन्धित निकायलाई खवरदारी गरीरहने बताउनुभयो ।

बहुउदेश्यीय महिला केन्द्र चरिकोटको आयोजना तथा साथी संस्थाको सहकार्यमा भएको महिला तथा बालबालिका बिरुद्धको हिंसा रोकथाम एवं दिगो जीविकोपार्जन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको थियो । सो कार्यक्रममा महिलाहरुमा देखिएको परनिर्भरताको समस्या र मदिरा सेवनको कारणले घरेलु हिंसाका बढेको सहभागिहरुले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: