आत्मनिर्भरको खोजीमा महिला


प्रकाशित मिति :2017-06-11 16:46:28

-महिला खबर-

लमजुङ । बेसिशहर नगरपालिका ११ चिती रामचोककी पारिजात सेढाई वर्षले ३६ पुग्नुभयो । घरधन्दामै सिमित पारिजातलाई अहिले सिप सिकेर आत्मनिर्भर बन्ने ठूलो धोको छ । सिप सिक्नकै लागि पारिजात हरेक दिन एक घण्टाको बाटो हिँडेर चिति तिलाहरमा जुत्ता चप्पल  बनाउने तालिममा सहभागि हुन पुग्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ–‘सिप सिकेर केही गर्न सकिन्छ कि भनेर आएको हुँ ।’ कति श्रीमानको कमाइको मात्र भर पर्नुभन्दा सिप सिकेर आयआर्जन गर्न सके छोराछोरीको पढाई खर्च र दुःख बिमार पर्दा सजिलो हुने बताउनुहुन्छ । ’

पारिजात जस्तै चिती तिलाहरकै रामशोभा रेग्मीलाई पनि सिप नहुँदा हेपिएर बस्नु परेको अनुभव छ । उहाँले भन्नुभयो, –‘महिलामा सिप नहुँदा पुरुषहरुले हेप्दा रहेछन्, त्यसैले सिपको खाँचो छ ।’ जुत्ताचप्पल सिलाउने काम सिकेर पैसा कमाउने र यसले घरायसी खर्च टार्न सजिलो हुने उहाँ बताउनुहुन्छ ।’

चितीकी गोमा भण्डारीलाई पनि गफ गरेर खेर जाने समय सिप सिकेर सदुपयोग गरि आयआर्जनमा लाग्ने बताउनुहन्छ । कक्षा ९ सम्म मात्र अध्ययन गरेकी चिति तिलाहरकी सुनिता पाण्डेले सधैँ श्रीमानको कमाईमा भर पर्नुभन्दा सिप सिकेर आफ्नै खुट्टामा उभिनुपर्ने बताउनुभयो ।

घरेलु विकास समितिले संचालन गरेको १५ दिने जुत्ता चप्पल बनाउने तालिममा सहभागी ति महिलाहरुले सिप सिकेर आत्मनिर्भर हुन चाहेपनि बजारको भने समस्या भएकोे गुनासो गरे ।

प्रशिक्षक चिजा दनाईले महिलाहरुलाई आत्मनिर्भर बनाउन सीप उपयोगी हुने बताउनुभयो । बेसिशहर नगर कार्यपालिकाकी नवनिर्वाचित सदस्य कृष्ण नेपालीले नगरपालिकाले आगामी दिनमा महिला सशक्तिकरणका कार्यक्रम ल्याउने बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: