बलात्कार गर्ने बाबुलाई २३ वर्ष जेल


प्रकाशित मिति :2017-06-12 11:13:07

-महिला खबर-

काठमाडौं । भक्तपुर जिल्ला अदालतले छोरीलाई बलात्कार गर्ने बाबुलाई २३ वर्षको जेल र तीन लाख रुपैँया क्षतिपूर्तिको फैसला गरेको छ ।
न्यायधीश श्रीकृष्ण भट्टराईको एकल इजालासले पीडित बाबुलाई जबरजस्ती करणीको ३ नं को देहाय ९२० बमोजिम १२ वर्षको कैद, जबरजस्ती करणीको ९ नं (क) बमोजिम थप एक वर्ष तथा हाडनाता करणीको महलको १ न बमोजिम १० बर्ष गरी २३ वर्ष कैद फैसला सुनाएको हो ।

यस्तै पीडित नाबालिकाको पालनपोषण, शिक्षा, उचित हेरविचारका लागि तत्काल पीडकबाट क्षतिपूर्ति गराउन सक्ने अवस्था नदेखिएको भन्दै पछि असुल उपर गर्ने गरी हाललाई सरकारबाट क्षतिपूर्ति रकम तीन लाख रुपैँया प्रदान गर्ने फैसला सनाइएको छ ।

मध्यपुर थिमि ५ का ३२ वर्षीय बाबुले आफ्नै छोरीलाई ८ वर्षको उमेरदेखि पटक पटक बलात्कार गर्दै आएको पुष्टि भएपछि अदालतले सो फैसला सुनाएको अदालतका इजालत अधिकृत कमल महतले बताउनुभयो । आफ्नै ११ वर्षीय छोरीलाई बाबुले बलात्कार गरेको थाहा पाएपछि गत पुषमा श्रीमतीले नै प्रहरीमा उजुरी गरेकी थिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: