पढ्ने उमेरमा पानी व्यापार


प्रकाशित मिति :2017-06-12 14:54:16

-सन्दिप वि.क-

सन्तोष कुमार शाह

काठमाडौं । रौतहट घरभई हाल काठमाडौं गोंगबु बस्दै आएका १२ बर्षिय सन्तोष कुमार शाहको दिनचर्या बोतलको पानी बेच्दैमा जान्छ ।
हरेक दिन गंगबुको बसपार्कमा उनी हातमा बोतलको पानी लिदैँ पानी….पानी, सस्तो पानी, चिसो पानी भन्दै माइक्रोबसका यात्रुहरुलाई पानी बिक्री गर्छन् ।

गर्मीयाम सुरुसगैँ सन्तोषको व्यापार पनि बढेको छ । उनले भने—‘गर्मी समयसगैँ अहिले पानीको बिक्रिपनि केहि बढेको छ । कहिलेकाही दिनको २ सयदेखि ३ सय रुपैयासम्म कमाई हुन्छ, कहिले हुँदै हुँदैन ।’

गाउँकै विद्यालयमा कक्षा ५ मा पढ्दै गर्दा पढाई छोडेर काठमाडौं आएका सन्तोषले पानी बेचेरै आफ्नो परिवार पालेका छन् । उनले भने —‘पढ्ने इच्छा हो, तर कस्ले पढाइदिने । बुबा मुटु रोगका कारण बित्नुभयो । आमा पनि टाउकाको बिरामी हुनुहुन्छ ।’

फेरि थपे,– ‘बुबा हुनुभएको भए पढाउनुहुन्थ्यो । बुबाले गर्दा नै ५ सम्म त पढ्न पाँए । तर अब कसरी पढ्ने ।’

सरोज कुमार शाह

सन्तोषसगैँ उनका १४ वर्षका दाई सरोज कुमारपनि उनीसगैँ बोतलको पानी बेच्छन् । बुबाआमा हुनजेल गाउँमै दुःखसुःख गरेर  कक्षा ९ सम्म पढेका सरोजले घरमा ताल्चा लगाएर रोजीरोटीका लागि काठमाडौं आएको बताए ।

उत्तम थापा

सन्तोष र सरोज जस्तै नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका वर्ष १३ का उत्तम थापाको व्यथा पनि त्यस्तै छ । बाबुले अर्को विहे गरेपछि उनको जीवन कष्टकर बनेको छ । पानी बचेरै उनले आफ्नो परिवार चलाउँदै आएका छन् ।

 नेपालको अन्तरिम संविद्यानको धारा ३९ को उपधारा ९ ले असहाय, अनाथ अपाड्गता भएका, द्धन्द्धपिडित विस्थापित एवम् जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक पाउने व्यवस्था हुने भनिएको छ । तर कार्यान्वयनमा भने आउन सकेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: