चुनावीमा होमिदै महिला नेतृहरु


प्रकाशित मिति :2017-06-12 12:37:05

महिला खबर

कपिलवस्तु । दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले कपिलवस्तुले ६ वटा नगरपालिका मध्ये एक नगरपालिकामा महिलालाई प्रमुख पदमा उठाएसंगै अहिलेसम्म महिलालाई प्रमुख वनाउनेमा एकमात्र पार्टी हुन पुगेको छ । बाणगंगा नगरपालिकामा मेयरका लागि बिमला घिमिरेलाई उठाएको हो ।

पार्टीले दिएको अवसरले आफू उत्साहित बनेको घिमिरेले बताउनु भयो । महिलाले राजनीति गर्न हुँदैन भन्ने मान्यताबाट माथि उठेर राजनीति र सामाजिक काममा अगाडि आउँदा निकै चुनौतीहरू भोग्नु परेको यर्थात्ता स्वीकार्दै अव चुनौतीलाई अवसरमा बदल्न सबै महिला जागरुक हुनुपर्ने उहाँको भनाई छ । त्यस्तै नेकपा एमालेले मायादेवी गाउँपालिकाको प्रमुखमा फौजिया नसिमलाई उम्मेदवार बनाएको छ । आफूले उम्मेदवार पाएपछि उहा धेरै उत्साहित हुनुहुन्छ । मुस्लिम समुदायका महिला बुर्का भित्र बस्नु पर्छ भन्ने पुरानो मान्यतालाई तोड्दै राजनीतिमा लागेकी नसिम भन्नु हुन्छ –मुस्लिम महिला हिंसामा पिल्सीएका छन्, पिडालाई घुम्टोभित्रै र घर भित्रैबसी दबाएका छन् । ती पिडालाई न्याय दिन म कोसिस गर्नेछु ।’

फौजिया दैनिक गाउँमा समुदायसँग भेटघाटमा बेस्ता हुनुहुन्छ । एमालेकै शिवराज नगरपालिकाको उपमेयरमा थारु समुदायकी जुझारु युवती शिवकुमारी थारुलाई उम्मेदवार बनाएको छ । यो अवसरलाई साच्चिकै जितको शिखरमा पुर्‍याउन आफू लागि परेको उहाँले बताउनुभयो । ‘सधैँ पछाडि पारिएको थारु समुदायकी चेली तपाईँहरूको साथ लिई जित हासिल गरेर थारु समुदायको पिडा र समस्याहरुलाई समाधान गर्दै चमत्कारपूर्ण विकास गर्ने लक्ष्य बोकेकी छु ।’ उहाँले आफ्ना एजेण्डा प्रस्तुत गर्दै भन्नुभयो ।

२४ वर्षकी विवाहित जाँगरिली शिवकुमारीले जित हासिल सुनिश्चित भएको दाबी गर्नुभयो । याता वुद्धभुमी नगरपालिकाको उपमेयरमा मञ्जु थारुलाई पार्टीले अगाडि सारेको हो । विगत ८ वर्ष देखि सक्रिय रूपमा काम गरेकी मञ्जु अनेमसंघको जिल्ला सदस्य हुनुहुन्छ । कपिलवस्तु नगरपालिकाको उपमेयरमा सरिता आचार्यलाई पार्टीले उम्मेदवार बनाएको छ । उहापनि हक्कि नेताको रूपमा स्थापित हुनुहुन्छ ।

लामो समय देखि राजनीति गर्दै आएकी आचार्य पार्टीको नगर कमिटि अध्यक्ष रहनु भएकोछ । पार्टीले आफूलाई उम्मेदवार बनाए लगत्तै उहा पनि उत्साहका साथ चुनावी प्रचार प्रसारमा उत्रिनु भएकोछ । जित्ने स्थानमा समावेशी तवरले महिलालाई उम्मेदवार बनाएको एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: