‘साक्षीको सुरक्षा राज्यले गर्नुपर्दछ’


प्रकाशित मिति :2017-06-12 13:09:38

महिला खबर

काठमाडौं । अधिवक्ता डा.शङ्कर कुमार श्रेष्ठले कुनै पनि मुद्धाको फैसला नहुनजेल साक्षीको सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनुभएको छ ।

जुरी नेपालले आयोजना गरेको ‘लैङ्गिक न्याय सम्बन्धी फैसला कार्यानवयनको निगरानी’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अधिवक्ता श्रेष्ठले डर धम्कीका कारण साक्षी अदालतसम्म पुग्न नसक्ने भएकाले तिनको सुरक्षा राज्यले लिनुपर्ने बताउनुभएको हो ।

साक्षीको सुरक्षा नहुँदा पीडितले न्याय पाउनबाट बन्चित हुनुपरेको उहाँले बताउनुभयो । ‘महिला हिंसाका घटनामा राज्यले साक्षीलाई सुरक्षा दिनुपर्दछ,जसले गर्दा भोली पीडित न्याय पाउनाट बन्चित हुननपरोस् ।’

‘लैङ्गिक न्यायसम्बन्धी फैसला कार्यानवयनको निगरानी’ पुस्तकमा जुरी नेपालले सर्वोच्च अदालतबाट लामो समयदेखी जारी भई पूर्ण रुपमा कार्यान्वयनमा आउन नसेका लैङ्गिक न्यायसँग सम्बन्धी फैसलाहरु यसमा समेटिएको छ ।

यस पुस्तकमा शीघ्र कारवाही अदालत स्थापना, जबरजस्ती करणीको अपराधमा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धमा भएको आदेश, मुक्त कमलहरीको पुनःस्थापना तथा उनीहरुको लागि राज्यले उपलब्ध गराउने सेवासुविधा, लैङ्गिक संवेदनशील सञ्चार, फौजदारी कसुर तथा बिशेषगरी लैङ्गिक हिंसासंग साक्षी तथा पीडितको संरक्षण तथा लैङ्गिक विभेदकारी प्रथा र परम्परा सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएका फैसला तथा आदेशको कार्यान्वयनका अवस्थामा केन्द्रित रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: