बालबालिकालाई आर्थिक सहयोग


प्रकाशित मिति :2017-06-12 14:17:48

महिला खबर

दोलखा । स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनको क्रममा बाबु गुमाएका दोलखा गौरीशङ्कर गाँउपालिकाका दुई र मेलुङ गाँउपालिकाका चार जना बालबालिकाले आर्थिक सहयोग पाएका छन् । जिल्ला बाल कल्याण समिति दोलखाले बाल संरक्षण घट्ना व्यवस्थापन कार्यक्रम अन्र्तगत उनीहरूलाई सहयोग वितरण गरेको हो ।

निर्वाचन प्रचारको क्रममा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परी मृत्यु भएको गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ जुँगुका कुलबहादुर तमाङको ११ वर्षीय छोरा अशोक तमाङ र १४ वर्षीय छोरी संगीता तमाङ, त्यसै गरी मतदानको दिन मतपेटीका लुट्ने क्रममा प्रहरीको गोली लागि मृत्यु भएको नकुल भुजेलको ११ वर्षीय छोरी निरुता भुजेल, ९ वर्षीय छोरी निशा भुजेल, ६ वर्षीय छोरा निरोज भुजेल र २ वर्षीय छोरी निलम भुजेल लाई केन्द्रीय बालकल्याण समितिको सहयोगमा जिल्ला बाल कल्याण समितिले ५/५ हजार आर्थिक सहयोग गरेको जिल्ला बाल कल्याण समिति दोलखाका सूचना व्यवसथापन अधिकृत शान्ति खत्री खड्काले बताईन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: