बिच्चलीमा सुत्केरी महिला


प्रकाशित मिति :2017-06-12 16:55:53

-अप्रिल अधिकारी –

रामेछाप । जिल्लाको मन्थली नगरपालिका स्थित मन्थली बजारमा भौतारिएर हिँड्ने एक गर्भवती महिला बिचल्लिमा परेकी छिन् । बर्ष २६ की जानुका सार्कीले छोरी जन्माएसँगै आफू र नवजात शिशु बिचल्लिमा परेकी हुन् ।

नागदह माइती भएकी जानुका विगत केही समय देखि मानसिक रोगी रहेकाले घुम्दै मन्थली आइपुगेकी थिइन् । यही क्रममा उनको मन्थली नगरपालिका २ मा माग्दै हिँडेका मसिने सार्कीसँग भेट भएको थियो ।

मसिनेले जानुकालाई आफ्नो श्रीमति भन्दै सँगै लिएर हिँड्न थाले । त्यति बेला उनी गर्भवती भई सकेकी रहेछिन् ।  उनको गर्भ बढ्दै गयो । अहिले जानुका सुत्केरी अवस्थामा सदरमुकाम मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रमा रहेकी छिन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएको एक हप्तासम्म राख्ने सक्ने व्यवस्था रहेपनि बाँकी दिन राख्न कठिन हुने केन्द्रका कर्मचारी बताउँछन ।

दयनिय अवस्थामा रहेकी जानुकालाई प्राथमिक स्वास्थ्य केन्द्रबाट निकाल्ने हो भने उसको बिजोग हुने अबस्था छ, निकाल्नु पनि कसरी ? न त लैजाने मान्छै नै छन्, न त स्वास्थ्य केन्द्रमा लामो समय राख्ने सक्ने अवस्था नै छ, केन्द्रका स्वास्थ्यकर्मी भरत कुमार श्रेष्ठले बताए ।

केन्द्रमा राख्ने समय सकिएको भएपनि महिला तथा बालबालिका कार्यालयले ५ हजार सहयोग गर्ने भनेपछि केही दिन थप राखेका छौँ स्वास्थ्यकर्मी श्रेष्ठले भने ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: