स्थानीय तहमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग


प्रकाशित मिति :2017-06-12 19:22:03

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सचेतक भानुभक्त ढकाललाई ध्यानाकर्षण पत्र बुझाउदै अन्तरपार्टी महिला सञ्जालकी महासचिव यशोदा सुवेदी, पूर्व अध्यक्ष शशी श्रेष्ठ लगायतका टोली ।

महिला खबर

काठमाडौँ । महिला नेताहरूले दोस्रो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनमा महिलाकोे उम्मेदवारी ५० प्रतिशत सुुनिश्चित गर्न माग गरेका छन् ।

महिलाको समानुपातिक, समावेशी प्रतिनिधित्वको दृष्टिबाट स्थानीय तहको पहिलो निर्वाचनमा सन्तोषजनक परिणाम नआएपछि राजनीतिक दलका महिला नेताहरूले दलहरूको ध्यानाकर्षण गराएको हो । दोस्रो चरणमा हुन लागेको निर्वाचनमा बढी भन्दा बढी महिलालाई उम्मेदवारमा उठाउन र जिताउनका लागि अन्तरपार्टी महिला संजालले दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउदै संविधान प्रदत्त समानुपातिक समावेशी सहभागिताको हकको व्यवहारतः कार्यान्वयन माग गरेको छ ।

उनीहरूले स्थानीय तह निर्वाचन ऐनमा रहेकोे त्रुटीलाई सच्च्याई नगरपालिकाको प्रमुख, गाउँ“पालिकाको अध्यक्ष र वडा अध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अवस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उमेद्वारी दिन सकिने व्यवस्था गर्न र न्यायीक समितिमा व्यवस्था भएको तीन जना सदस्य मध्ये एक जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन माग गरेको छ ।

आज नेकपा (एमाले) संसदीय दललाई उक्त ध्यानाकर्षण पत्र बुझाएको र क्रमशः अन्य दल र सभामुखलाई समेत ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको अन्तरपार्टी महिला संजालकी महासचिव यशोदा सुवेदीले बताउनुभयो । Scan1 Scan10001

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: