‘महिला नेतृ मिडिया फ्रेन्डली हुनुपर्यो’


प्रकाशित मिति :2017-06-13 09:30:55

महिला खबर

काठमाडौँ । पत्रकार महिलाहरूले महिला नेतृहरु मिडिया फ्रेन्डली हुन नसक्दा महिलाका विषयले मिडियामा प्राथमिकता पाउन नसकेको बताएका छन् ।

महिला नेतृहरुको पत्रकारहरुसग औपचारिक तथा अनौपचारिक सम्बन्ध कम हुनु, समसामहिक विषयमा कम अपडेट हुनु, घरायासी कामको बोझले मिडियाले खोेजेको समयमा समय दिन नसक्नु तथा महिला नेतृ माथिल्लो तहमा पुगेपछि झनै सहज सम्पर्कमा नरहने भएकाले महिलाका विषय अझेलमा परेको पत्रकार महिलाहरूले गुनासो गरे ।

स्थानीय तहमा महिला प्रतिनिधित्व बढाउन अन्तरपार्टी महिला संजालले आयोजना गरेको सुझाव संकलनका क्रममा पत्रकार महिलाहरूले महिला नेतृहरुलाई सामाजिक संजालको सक्दो उपयोग गर्न समेत सुझाए ।

संजालकी महासचिव यशोदा सुवेदीले आफूहरूले धेरै काम गरे पनि प्रचार कम हुने गरेको र आगमी दिनमा मिडियासगको सहकार्य मजबुद बनाउनुपर्ने बताउनुभयो ।

समानुपातिक र समावेशी प्रतिनिधित्वको आधारमा स्थानीय तहमा महिला पुरयाउन आफूहरूले सविधान निर्माणदेखि उम्मेदवारी दिदासम्म दबाब दिएपनि परिणाम सन्तोषजनक नभएको भन्दै दोस्रो चरणको निर्वाचनमा महिला प्रतिनिधित्व बढाउन सगाउन मिडियाकर्मीलाई आग्रम गर्नुभयो । संजालकी पूर्व अध्यक्ष शशी श्रेष्ठले राज्यको ३ तहको संघिय संरचनामा महिला प्रतिनिधित्व कम्तीमा ५० प्रतिशत पुर्‍याउन देशव्यापी अभियान संचालन गरिसकेको र अहिले पनि दलहरूलाई दबाब दिइरहेको बताउनुभयो । यो अभियानमा सगाउन पनि उहाँले पत्रकार महिलाहरूलाई आग्रह गर्नुभएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: