‘मिस सि स्टार’ चितवनको उपाधि अनुष्कालाई 


प्रकाशित मिति :2017-06-13 10:12:06

महिला खबर

चितवन । ‘मिस सि स्टार चितवन २०७४’ को उपाधि अनुस्का रानाभाटले हात पारेकी छिन् । २८ प्रतिस्पर्धिलाई पछि पार्दै अनुस्काले नगद बिस हजार सहितको उपाधि हात पारेकी हुन् ।

शनिबार चितवनको क्षेत्रपाटीमा रहेको होटल सनसिटीमा भएको अन्तिम प्रतिस्पर्धामा अनुस्काले २८ प्रतियोगीबाट टप १२ र ५ हुँदै चितवन जिल्लाको ‘मिस सि स्टार २०७४’ बन्न पुगेकी हुन् । अनुस्कालाई मिस चितवन सुमन गुरुङले मिस एसईई स्टार चितवनको ताज पहिराईदिएकी थिइन् । यस प्रतियोगीता ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ ले आयोजना गरेको हो ।

मिस एसईईको उपाधिका साथमा अनुस्कालाई ‘मिस कन्फिडेन्ट’को उपाधि पनि मिल्यो । पहिलो रनरअपबाट चौथो रनरअपमा क्रमशः भुमिका आचार्य, सुजता ढकाल, करिना श्रेष्ठ र स्वेता अर्याले हात पारे ।

‘मिस सि स्टार चितवन’ को बिजेतालाई मध्यनेपालको अक्सफोर्ड कलेजले ‘प्लस टु’ सम्मका लागी स्कलरसिपको ब्यवस्था गरेको छ । साथै अन्य दोस्रो र तेस्रो बिजेतालाई पनि नौं महिनाका लागी स्कलरसिपको ब्यवस्था गरिएको कलेजले जानकारी गराएको थियो ।

बिगत एकबर्ष देखी शिक्षाका लागी सँगै भन्ने मुल नाराको साथमा बिभिन्न शिक्षा सम्बन्धि कार्यक्रम गर्दै आएको ‘लिभ एण्ड लिड इन्टरनेशनल प्रा.ली.’ संस्थाले यसै नारामै रहेर ‘मिस सि स्टार चितवन’पनि सम्पन्न गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: