राष्ट्रपति भण्डारी आज स्विजरल्यान्ड जाँदै


प्रकाशित मिति :2017-06-13 10:49:49

महिला खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्विजरल्यान्ड भ्रमणमा जादै हुनुहुन्छ ।

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले स्विजरल्यान्डको जेनेभामा आयोजना गर्न लागेको ’वल्र्ड अफ वर्क समिट’ मा भाग राष्ट्रपति आज अपराह्न ५ बजे त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त अरब इमिरेट्स हुँदै राष्ट्रपति नेतृत्वको ११ सदस्यीय टोली जेनेभा जान लागेको छ । अन्तराष्ट्रिय श्रम सम्मेलनको १०६ औं सत्रकै दौरान ’वल्र्ड अफ वर्क समिट’ हुन लागेको हो ।

नयाँ संविधानमार्फत महिला तथा कामदारका हकहित र अधिकार सुनिश्चित लगायत विषयमा राष्ट्रपति भण्डारीले अन्तराष्ट्रिय समुदायलाई अवगत गराउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्र सचिव शंकर वैरागी, राष्ट्रपतिकी निजी सचिव विमला राई, शिष्टाचार महापाल दीपक अधिकारी, परराष्ट्र सहसचिव भरतराज पौड्याललगायत ११ जना रहनुहुनेछ ।

सम्मेलन अन्तर्गत ’वल्र्ड अफ वर्क समिट’ मा जलवायु परिवर्तनका कारण कामदार, व्यवसाय र समुदायमा परेका असरबारे छलफल हुने आईएलओले जनाएको छ । राष्ट्रपति भ्रमण सकेर आइतबार स्वदेश फर्किने कार्यक्रम छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: