६० प्रतिशत महिला साइबर अपराधको शिकार


प्रकाशित मिति :2017-06-13 14:11:27

महिला खबर

काठमाडौं । पुरानो बानेश्वर बस्दै आएकी सुस्मा श्रेष्ठले आफै फेसबुक आइडीवाट फोटो सहित अश्लील शब्द लेखेर पोष्ट भएको साथीबाट थाहा पाइन् । यो सुनेपछि उनी एकाएक झस्किइन । पोष्ट कस्ले ग-यो भ्याउ समेत पाइनन् । के गर्ने, कसो गर्ने अतलिदै उनी कानुनी उपचार खोज्न अपराध महाशाखा टेकुमा पुगिन् ।

सुस्मा जस्तै कानुनी उपचारको खोजीमा शौलाजा श्रेष्ठ पनि अपराध महाशाखामा पुगेकी थिइन् । शैलाजाकोे फोटो र अश्लील शब्द लेखेर फेक आइडीबाट पोष्ट भएको थाहा पाएपछि उनी उजुरी हाल्न पुगेकी हुन् ।

‘मेरो फोटो सहित अश्लील शब्द मेरै फेसबुक आइडीबाट पोष्ट भएको साथीबाट थाहा पाए । यो देखेर म मर्नु न बाच्नु भए । मैले आँट गरे, जसले जे सुकै भने पनि म न्यायका लागि लड्छु । मेरो यस्तो बदनाम गर्नेलाई जसरी पनि सजाय दिनुपर्छ भनेर प्रहरीकोमा उजुरी दिन यहाँ आए ।’ सुस्माले भनिन्

राइबर अपराधबाट सुस्मा र शैलजा मात्र पीडित छैनन् । उनीहरु जस्तै धेरै महिलाले यो समस्या भोगेका छन् । ति मध्ये एकाध मात्रै न्यायको खोजीमा प्रहरीसम्म पुग्ने गरेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आर्थिक वर्ष २०७१।७४ को बैशाख महिनामा ८ सय ८२ मुद्दा दर्ता भएकोमा ११ मुद्दा चलाएको छ ।

आर्थिक वर्ष ०७२÷७३ मा आठ सय ३० उजुरीमा ३८ वटामा मुद्दा चलाएको छ । जसमा यौनजन्य दुव्र्यवहारको मुद्दा १७ वटा रहेका छन् । ०७१÷७२ मा ३ सय ९ उजुरी परेकोमा ३५ वटा मुद्दा चलाउँदा दुव्र्यवहारका १८ मुद्दा थिए । ०७०÷७१ का ९८ उजुरीमा १६ वटाको मुद्दा चलाउँदा चारवटा यौनजन्य दुव्र्यवहारका थिए । आर्थिक वर्ष ०६९ र ७० मा साइबर अपराधका ५८ उजुरी परेका थिए । तीमध्ये २६ वटा घटनालाई मुद्दा चलाएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले मुद्दा परेका मध्ये ६० प्रतिशत महिला पीडित हुने गरेको बताउनुभयो । ‘यस वर्षको तथ्यांक हेर्ने हो भने ६० प्रतिशत महिला फेसबुक, इन्टरनेट तथा मोबाइल फोनमार्फत चरित्र हत्या, हिंसा फैलाउने कार्य, गालीबेइजती गर्ने यौनजन्य हिंसा जस्ता अपराधबाट पीडित छन् ।’ प्रनाउ रायले भन्नुभयो ।

नेपालमा सामाजिक सञ्जालको विकाससँगै विशेषगरी फेसबुकमा एक व्यक्तिले अर्को व्यक्तिको नाममा नक्कली आइडी बनाएर, पासफोट हेक गरेर अपराध गर्ने गरेको रायले बताउनुभयो । यो कार्यमा २५ देखि ३० वर्ष उमेरका मानिस बढी संलग्न भएको देखिन्छ ।

नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ऐनको दफा ४७ मा अनुसार साइवर अपराध गर्नेलाई १ लाख रुपैयासम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

‘पीईडब्लू’ रिसर्च सेन्टरले सन् २०१४ मा गरेको एक अध्ययनमा अनलाइनको प्रयोग गर्ने मध्ये ४० प्रतिशत दुव्र्यवहार (ह्यारासमेन्ट) मा पर्ने गरेको पाइएको छ । सर्भेमा अनलाइनबाट हुने दुव्र्यवहार मध्ये धेरैजसो सामाजिक सञ्जालबाट हुने गरेको छ ।

सेन्टरका अनुसार करिब ६६ प्रतिशत दुव्र्यवहार सामाजिक सञ्जालबाट हुने गरेको छ । अध्ययनका अनुसार १८ देखि २९ वर्ष समूहका धेरै दुव्र्यवहारमा पर्ने गरेका छन् । अनलाइनबाट हुने दुव्र्यवहारमा ५० प्रतिशत महिला नाम बिगारेर जिस्क्याउने, ३६ प्रतिशत नियतवश होच्याउने, २६ प्रतिशत अनलाइनमार्फत पछ्याउने, २५ प्रतिशत यौनजन्य दुव्र्यवहार, २३ प्रतिशतले शारीरिक धम्की र १८ प्रतिशतले निरन्तर दुव्र्यवहारको सामना गर्नुपरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: