चुनाब प्रचार प्रसारमा महिला


प्रकाशित मिति :2017-06-13 15:42:17

-यमुना खनाल-

दोस्रो चरणमा हुन गैरहेको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा तराईका महिलाहरु चुनावी प्रचारमा होमिएका छन् । २० बर्षपछि स्थानिय सरकारको नीति निर्माण गर्ने तहमा महिला पुग्ने अवसर आएकाले पनि चुलो चौका र खेतीपाती छोडेर उनीहरु आफू निकट दलहरुका प्रचार प्रसार र घरदैलो अभियानमा लागेका हुन् ।

नेकपा एमालेले लहान नगरपालिका भित्र आयोजना गरेका वडा स्तरिय प्रचार प्रसार कार्यक्रममा ७५ प्रतिशत भन्दा बढी महिला सहभागिता रहेको थियो ।
लहान नगरपालिका वडा नम्बर एकका आशा शाहले भनिन्, ‘सधै महिलाले घरको काम धन्दा मात्र समालेर बस्नु पर्ने बाध्यताले पछाडी पारिए । त्यसैले अब घरको काम सगैँ बाहिरी कुराहरु बुझ्नु पर्छ भनेर  आफू पनि प्रचार प्रसारमा जान थालेको हुँ ।

त्यस्तै नेपाली कांग्रेसले आयोजना गरेको वडा स्तरीय प्रचार प्रसार तथा घरदैलो कार्यक्रममा पनि महिलाहरुको उत्साहाजनक सहभागिता रहेको छ । चुनाब प्रचार प्रसारमा मात्र होईन बिभिन्न संघ संस्था र निर्बाचन आयोगले संचालन गरेको मतदाता शिक्षा कार्यक्रममा पनि महिलाहरुको चासो बढ्न थालेको छ । मतदान गर्र्दा मत बदर हुने हो की भनेर महिलाहरु चासो दिदैँ सोधखोज गर्ने गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: