न्याय माग्न परिवारसहित काठमाडौंमा साङमाया


प्रकाशित मिति :2017-06-13 17:43:32

महिला खबर

काठमाडौं । दोलखाकी साङमाया तामाङ न्याय माग्न नाबालक छोराछोरीसहित काठमाडौं आएकी छन् ।

चुनावी झडपका क्रममा मारिएका कुलबहादुर तामाङका परिवारले जिल्लामा न्याय नपाएको भन्दै काठमाडौंमा आएको हो । आफ्ना श्रीमानको हत्यालाई राजनीतिक पहुँचका आधारमा दबाउने प्रयास भएको भन्दै अभियुक्तलाई कारवाहीको माग गरेकी छन् ।

सरकारले हत्यामा संलग्न मुख्य अभियुक्त देवी खडका र बिशाल खडकासहित ४० जना अभियुक्तलाई पक्राउ नगरेको न्यायको खोजीमा काठमाडौं आइपुगेको साङमायाले बताईन् ।

साङमाया र उनका दुई नाबालक छोराछोरी सहित कुलबहादुरका पिता गोरे तामाङ, छोरी संगिता तामाङ, छोरा अशोक तामाङ, भाईहरु कर्णबहादुर तामाङ र जीवन तामाङ काठमाडौं आएका छन् । उनीहरुले न्यायका लागि अपिलसमेत गरेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: