हजुर बाआमाको काँधमा दुई नाबालक


प्रकाशित मिति :2017-06-14 10:45:19

-महिला खबर-

लमजुङ । बेसिशहर नगरपालिका २ का ५६ बर्षीय सन्तमाया वि.क र ६८ बर्षीय सोमबहादुर जिल्ला सामुदायिक अस्पतालमा भेटिए । उनीहरुसँग थिए चार महिनाका दुई जुम्ल्याह सन्तान खिम बहादुर र खिम माया ।

अस्पतालको वेडमा सोमबहादुर खिम मायालाई भुलाउँदै थिए भने सन्तमाया खिमबहादुरलाई । नातिनी खिममायालाई निमुनिया भएपछि उनीहरु एक हप्तादेखि अस्पतालमा छन् । ‘पहिले पनि निमोनिया भएको थियो, अहिले फेरि बल्झियो,’ हजुरआमा सन्तमायाले भनिन्,– ‘टुहुरा बालबच्चालाई हुँर्काउनै गाह्रो ।’

आफ्नो जीवनमा यी जोडिले चार सन्तानलाई हुँर्काइ सकेका छन् । फेरि बुढेसकालमा यीनीहरुको काँधमा अर्को जिम्मेवारी थपिएको छ दुई टुहुरा नाती, नातीनीलाई हुँर्काउने, बढाउने र पढाउने ।

रोजगारीका निम्ती भारतको हायद्रवादमा रहेका साइला छोरा रमेश र रिनाको दोस्रो सन्तानका रुपमा भारतमै जन्मिएका हुन् यी दुई सन्तान । रिनाले जुम्ल्याह बच्चालाई त जन्म दिईन् तर जन्मिएको केही समयमा उनले यो संसार छाडिन् ।

हजुरबुबा सोमहादुरले भने, ‘बच्चा जन्माएको केही छिनमा बुहारीको मृत्यु भएको रहेछ । छोरा छोरीको मुख त हेरिन् तर साथ दिन सकिनन् ।’ आमाको मृत्यु भएपछि ति सन्तानलाई जन्मिएको सात दिनमा साइलो छोरा र आफन्तले नेपाल ल्याइदिएका थिए । हजुरआमा सोममायाले भनिन्, ‘चार दिन लगाएर ल्याइदिएका रहेछन्, सानै थिए ल्याउँदा ।’ ति नाबालकका बुबा भने त्यसपछि फर्केर आएका छैनन् । न त उनीहरुलाई खर्चपर्चा नै पठाएका छन् ।

नाति नातिनी आएसगैँ यी दुई बुढाबुढीको दिनचर्या समेत फेरिएको छ । दैनिक ज्यालादारीमा काम गर्दै आएका उनीहरुको दैनिकी अहिले नातनातिनीलाई स्याहारसुसार गर्दैमा वित्ने गरेको बताउँछन् ।

आर्थिक अवस्था कमजोर भएका यी दम्पतीलाई नातीनातिना हुर्काउन थप जिम्मेवारी बढेको छ । सोममाया भनिन्, ‘एक प्याकेट ल्याक्टोजिनलाई ५ सय ४० रुपँैया पर्छ । यसले दुई, तीन दिन मात्रै हुन्छ । यसरी कतिन्जेल हुर्काउने ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: