‘हिंसामुक्त नगर बनाउने छु’


प्रकाशित मिति :2017-06-14 12:08:28

-लीलाराज भट्टराई-

मोरङ । राजनीतिसँगै समाज सेवा र महिला अधिकारका क्षेत्रमा उत्तिकै सकृय लक्ष्मी भण्डारी नेकपा एमालेबाट उर्लावारी नगरपालिकाको उपमेयरको उम्मेद्वार बन्नुभएको छ ।

उपमेयरको टिकट पाएसगैँ राष्ट्रपतिकी देवरानी उपमेयरकी उमेद्वार भनेर निक्कै चर्चा समेत भयो । तर राष्ट्रपतिकै देवरानी भएका नाताले टिकट नपाएको उहाँ बताउनुहुन्छ । ‘मेरो क्षमता र योग्यताले टिकट पाएको हुँ । मैले टिकट पाएपछि मात्र विद्या दिदीले थाहाँ पाउनुभयो होला । मैले टिकटका लागि कुनै नेतालाई फोन पनि गरिन् ।’ भण्डारीले भन्नुभयो ।

को हुन् लक्ष्मी भण्डारी

भण्डारी नेकपा एमालेका तत्कालिन महा–सचिव स्व.मदन भण्डारीकी भाई बुहारी हुन् । स्व.भण्डारीका साइला भाई मोहन भण्डारीकी श्रीमति लक्ष्मी २०४७ सालदेखि एमालेको संगठित सदस्यका साथै पार्टीमा सकृय हुनुहुन्छ । हाल उहाँ नेकपा एमाले जिल्ला कमिटि मोरङको सदस्य हुनुहुन्छ । उर्लावारीमा वडा सचिव भएर वडा तहमा समेत नेतृत्व गर्नुभएकी लक्ष्मी गाउँ कमिटि सदस्य, इलाका र क्षत्रिय सदस्य भएर पार्टीको संगठन सुदृढिकरणमा लामो समय योगदान पुर्याउनुभएको छ ।

महिला अधिकार र हिंसाका विरुद्ध लामो समयदेखि सकृय अभियन्ता भण्डारी सामुदायिक मेलमिलाप समिति मोरङको उपाध्यक्ष भएर कामगर्दा धेरै महिलालाई न्याय दिलाउन सहयोग गर्नुभएको छ । उहाँ जिल्लाको मेलमिलाप अभियान्तको रुपमा सम्मानित समेत हुनुभएको थियो ।

के छ भण्डारीका योजना

भण्डारीले उर्लावारीलाई हिंसामुक्त नगर बनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाएर उर्लावारीलाई नमूना नगर बनाउने सोचमा हुनुहुन्छ । भण्डारी मतदाता समक्ष ‘हिंसा मुक्त, बालश्रम मुक्त उर्लाबारी’ को नारा लिएर चुनावी मैदानमा हुनुहुन्छ । लक्षित वर्गका बजेटको सहि सदुपयोगका लागि कुनै कसर बाँकी नराख्ने उहाँको भनाई छ ।

नगर क्षेत्रका साँघुरा सडक फराकिलो बनाउने, व्यवस्थित ढल निकासको निर्माण गर्ने उहाँको एजेण्डाहरु छन् । नदीमा तटबन्ध निर्माण गरि वर्षेनी हुने बाढीको पीडाबाट मुक्त गर्न पहल गर्ने उहाँको प्रतिवद्धता छ । एक वडा एक वृद्ध चौतारी, एक चिल्ड्रेन पार्कको निर्माणलाई उहाँले प्राथमिकतामा राख्नुभएको छ । सडक बालबालिकालाई पुनःस्थापित गराउने उहाँको योजना छ ।

‘गाँउपालिकालाई नमूना बनाउनेछु’: अध्यक्षकी उम्मेदवार मेनुका

झापाका १५ स्थानीय तह मध्ये नेकपा एमालेले दुईजना मात्र महिलालाई प्रमुख पदमा उठाउने भएको छ । ती मध्ये एक हुनुहुन्छ मेनुका काफले । पश्चिमी झापाको कमल गाँउपालिकाको अध्यक्षका लागि उहाँ चुनाव प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ ।

को हुन मेनुका काफले ?

मेनुका काफले नेकपा एमाले प्रदेश नम्वर १ संगठन कमिटीको सदस्य हुनुहुन्छ । उहाँले अखिल नेपाल महिला संघको सचिव पद सम्हालि रहनुभएको छ । अनेमसंघ झापाको दुई कार्यकाल कुशलता पूर्वक हाक्नुभएकी काफ्ले पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्वर २ को उम्मेदवार बन्नुभयो । दोश्रो संविधानसभा निर्वाचनमा समानुपातिक उमेद्वार बन्नुभयो । तर सभासद हुने अवसर भने पाउनुभएन् । विद्यार्थीकालदेखि राजनीतिमा सकृय काफ्ले २०४२ सालदेखि भूमिगत भएर पार्टीको संगठन विस्तार र आन्दोलनमा सकृय बन्नुभएको थियो ।

सामाजिक सेवामा सकृय

काफले राजनीतिका साथै सामाजिक सेवामा समेत सकृय हुनुहुन्छ । उहाँकै सकृयता र अगुवाईमा प्रहरी चौकी केर्खाको भवन निर्माण भएको हो । उहाँ आफै उपभोक्ता समितिको अध्यक्ष भएर जिल्ला र केन्द्रबाट रकम जुटाएर स्थानीयवासीलाई श्रमदानमा उत्प्रेरित गराउनुभएको थियो । अहिले गाउँको स्थानीय खोलामा पुल निर्माण गर्ने कार्यको अगुवाई गरिरहनुभएको छ । हाल मेची सामुदायिक सिकाई केन्द्र कमल गाउँको अध्यक्ष, नागरिक सरोकार मञ्च तोपगाँछीको अध्यक्ष र मदन आश्रित क्यामपस तोपगाँछीको सञ्चालक समिति सदस्य समेत रहनुभएको छ ।

के छ काफ्लेका योजना

काफ्लेले कमल गाउँपालिकालाई नमूना नगर बनाउने दावी गर्नुहुन्छ । स्थानीयवासीलाई अग्रसर गराउँदै आफनो गाउँ आफै बनाउन अग्रसर हुने उहाँको प्रतिवद्धता छ । स्थानीय श्रोत साधनको अधिकतम उपयोग गर्दै सरकारी र दातृसस्थाहरुको सहयोग जुटाएर वाटोघाटो निर्माण गर्ने उहाँको योजना छ । खानेपानीको समस्या समाधान गर्ने  काफलेको प्रतिवद्धता छ । महिलाले उत्कृष्ट  काम गरेर देखाउन सक्छन भन्ने उदाहरण प्रस्तुत गर्ने काफलेको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: