बलात्कारको आरोपमा बाबु पक्राउ


प्रकाशित मिति :2017-06-14 12:13:02

-महिला खबर-

काठमाडौं । आफ्नै छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा पाँचथरको च्याङथापुमा एक बाबुलाई पक्राउ गरिएको छ । १७ वर्षिय छोरीको उजुरीका आधारमा ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पिडितले जेठ २२ गते बाबु विरुद्ध उजुरी दिएकी थिईन् । पिडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबु छोरी बस्दै आएका थिए । बाबुले मादक पदार्थ सेवन गरेर बलात्कारका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएको पिडितले बताइकी छन् ।

टाउकोमा चोट लागेकी पीडितले पीडा सहन नसकेपछि आफन्त र छिमेकीको सहयोगमा उजुरी दिएकी थिइन् । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । पिडक बाबुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: