गरिबीले उपचार गर्न नसक्दा ८ वर्षदेखि दिलमायाको पेटमा ट्युमर


विपन्न दलित परिवारको पिडा

प्रकाशित मिति :2017-06-14 12:46:21

अप्रिल अधिकारी

रामेछाप । रामेछाप नगरपालिका १ गोठगाउँकी ४० वर्षीया दिलमाया सार्की सोमबार सदरमुकाम मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रमा आउँदा त्यहाँ आएका अधिकांशले उनलाई सुत्केरी बेथा लागेर अस्पताल आएको भन्ने अडकल काटे ।

जुन उनको शरीरलाई देखेर त्यसो भन्नु स्वभाविक पनि थियो । उनको पेट गर्भवति महिलाको भन्दा फरक देखिएको थिएन । उनको पेट हेरेर अस्पतालमा राम राम भन्दै आश्चर्यले जिब्रो टोक्ने पनि उतिकै थिए । कत्रो बच्चा होला या त जम्लेको बच्चा हुन सक्छ भनेर अडकल समेत काट्ने प्रशस्तै भए । तर उनको यर्थातता फरक छ । न त उनी गर्भवति नै छन् । न त उनलाई आफ्नो रोग के हो भन्ने नै थाहा छ । उनको शरीरको बनोट हेर्ने हो भने दुब्ली छिन् । साँच्चै भन्ने हो भने शरीर भन्दा पेट आश्चर्यजनक रूपमा बढी रहेको छ । उनको त्यो बढेको पेट देखेर उनी आफै समेत आत्ति सकेकी छिन् ।

जब उनी चिकित्सककोमा पुगिन् । प्राथमिक स्वास्थ्य केन्द्रकी डाक्टर एलिना बस्नेतले त्यहाँ उपचार सम्भव नभएको र काठमाडौँ गएर विज्ञलाई देखाउन सुझाए । दिलमायाले काठमाडौँको अस्पतालहरुमा नजचाएको पनि हैन । पेटमा भर्खरै समस्या हुँदा नै ऋणधन गरेर काठमाडौँका विभिन्न अस्पतालमा जचाएका थिए । तर रोग पत्ता लागेन । आज पेट बढेर मर्नु न बाँच्नुको अवस्थामा पुगेको उनले गुनासो गरिन् । डाक्टर एलिनाले दिलमायाको पेटमा टयुमर बढेको हुन सक्ने र त्यही टयुमरका कारण दिशा पिसावमा समस्या भएको हुन सक्ने भन्दै जिल्लामा उपचार नहुने र विज्ञकोमा नै लैजानुपर्ने बताउनुभयो ।

दिलमायालाई एकातिर बढेको पेटका कारण उठबस, हिडडुल गर्न र सुत्नलाई सास्ती भएको छ भने अर्कातिर उपचार र खर्चको चिन्ता । उनी भन्छिनु– ‘यस्तो पिडाले त लाग्छ कुनै अपराधको सजाय भोगिरहेकी छु, ठूलो ठाउँमा उपचार गर्न जाउँ  खर्च छैन ।’ उनलाई यो समस्या ८ वर्ष अघिदेखि भएको हो । पेट ठुलै गरी बढेको भने एक वर्ष भएको छ । आफ्नो खेतबारीको उत्पादनले मुस्किलले ३ महिना खान पुग्ने दिलमायालाई बाँकी दिनहरू ज्याला मजदुरी गर्नुपर्छ । तर शरीर नै यस्तो अवस्थामा पुगेपछि उनलाई साह्रै समस्या भएको छ । पटक पटक जिल्लादेखि राजधानीसम्मका अस्पताल धाएपनि डाक्टरले कुनै रोग छैन भन्दै पठाएको दिलमाया बताउँछिन् । एक्कासि झन् झन् पेट बढ्न थालेपछि आफन्त, छिमेकीले फेरि पनि एक पटक अस्पताल गएर जचाउँ भनेपछि प्राथमिक स्वास्थ्य केन्द्र आएकी दिलमायाले बताइन् ।

उपचारको क्रममा ज्याला मजदुरी गरेर कमाएको १ लाख ३० हजार रुपैयाँ सकिएपनि रोग पत्ता नलागेको उनले सुनाइन् । उनलाई दिसा पिसावमा समस्या देखिएको छ । पेट अस्वभाविक रूपमा बढेर सकस भएता पनि दुख्ने, पोल्ने समस्या नभएको उनले सुनाइन् । १७ वर्षमा बिहे गरेकी दिलमायाका ४ छोरी मध्ये २ छोरीको विवाह भइसकेको भने २ छोरी कक्षा ७ र ८ मा पढदै छन् । आफू केही गर्न नसक्नेभएपछि सारा परिवारको जिम्मेवारी एक्लो श्रीमानको काँधमा हुँदा दैनिक गुजारा गर्न समेत मुस्किल भएको दिलमायाले बताइन् । उपचारका लागि अब आफसगँ कुनै उपाय नभएको दिलमायाकी श्रीमान् नरबहादुरले बताए । श्रीमतीको उपचारका लागि नरबहादुरले सवैसगँ सहयोगको याचना गरिरहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: