बेंगालुरुका शिक्षित परिवारले राखे महिलालाई सिसिटिभि निगरानीमा


प्रकाशित मिति :2017-06-14 14:04:54

भारत । बेंगालुरु प्रहरी आयुक्त कार्यालयको महिला हेल्पलाइनका अनुसार जुन महिनामा सार्वजनिक भएका दुईवटा घटनाहरूमा एउटी शिक्षिका र एउटी गृहिणीलाई घरमा नै आफ्ना परिवारले बन्दी बनाएको पत्ता लागेको छ ।

ती दुई जना महिलाले अघिल्लो महिना हेल्पलाइनमा सहयोग मागेका थिए । बिनिथा, २४, बेंगालुरु कलेजकी शिक्षिका थिइन् । उनले सन् २०१५ मा सरकारी निकायका इन्जिनियरसँग विवाह गरेकी थिइन् । त्यसपछि थिप्पासान्द्रामा बस्दै आएकी उनको सन् २०१६ को मध्यबाट वैवाहिक सम्बन्धमा दरार उत्पन्न हुन थाल्यो । ‘उनलाई हरेक पाइलामा श्रीमानले दबाउन थाले । खाना खाने बेलामा उनको छेउमा उभिन लगाउँथे, नमान्दा पिट्थे । उनका श्रीमानले आफ्नो कुरा नमानेको भनेर बन्दी बनाएर यातना दिन धेरै थरीका ताल्चाहरु किन्थे’, हेल्पलाइनका वरिष्ठ परामर्शदाता बी.एस. सरस्वतीले भनिन् ।

खानाको निहँुमा झगडा भए ती पुरुषले बिनिथालाई भान्सामा जान दिंदैनथे । खाना खोज्न उनलाई कयौँ दिनसम्म बाहिर भौतारिनु पथ्र्यो । तातो पानीको बहसमा ती पुरुषले बाथरुमको ढोकामा दुई दिनसम्म ताल्चा लगाए ।
“जब ती पुरुषले शारीरिक सम्बन्ध राख्न खोज्दा उनले नकार्थिन्, रिसले चुर भएर उनले बाथरुम र सुत्ने कोठा दिनभर बन्द गरेर आफ्नो काममा जान्थे । कामबाट घर फर्किसकेपछि पनि श्रीमतीलाई बाथरुम र सुत्ने कोठा प्रयोग गर्न दिंदैनथे,” सरस्वतीले भनिन् । परामर्शदाताका अनुसार त्यस्ता घटनाहरुले गर्दा बिनिथा लोग्ने मानिस देखेर तर्सिने भईन् । यो एउटा रोग नै बन्यो । यतिसम्म कि उनलाई आफ्नै बुवासँग समेत डर लाग्न थाल्यो । उनका परिवारले ‘लोकायुक्त’ नामक अभियानलाई पहल गरे र प्रहरी मुख्यालयमा परामर्शका लागि सिफारिस गरियो ।

बिनिथाको घटना दर्ता भएकै बेलातिर अर्को अनौठो घटना हेल्पलाइनमा आयो । बेङ्गलुरुमा एक गृहिणी आफ्नै सासु र श्रीमान्ले राखेको सिसिटिभि क्यामरा निगरानीमा थिइन् । “एउटा प्रसिद्घ शिक्षण संस्थाकी लाइब्रेरियन सासुले घरमा तीनवटा साना सिसिटिभि क्यामराहरु जडान गरेकी थिइन् । उनले आफ्नो मोबाइलमा एउटा एयाप्स् डाउनलोड गरेकी थिइन् जसबाट आफ्नी बुहारीको क्रियाकलापबारे दिनभर आफ्नो कार्यालयबाट अनुगमन गर्थिन्,” हेल्पलाइनकी वरिष्ठ परामर्शदाता अर्पणा पुर्णेशले भनिन् ।
ती गृहिणी आफू गत जनवरी महिनादेखि भिडियो निरिक्षणमा रहेको कुराबाट अनविज्ञ थिइन् ।

गत महिनाको शुरुवातमा उनले घर सफा गर्दै गर्दा एउटा लुकाइएको क्यामरा घरको बैठक कोठामा भेट्टाईन । “उनले आफ्नो सूचना प्रविधि व्यवसायी श्रीमान्लाई यो कुरा सुनाइन् तर उनी आश्चर्यचकित भईन् । त्यो क्यामरा जडान गरेर आफूलाई निगरानीमा राख्ने उनकी सासु र श्रीमान् नै रहेको कुरा उनकै श्रीमानले बताइन् । ती महिला एउटा साथीको मार्फत् प्रहरीको सम्पर्कमा आइन्,” पुर्णेशले भनिन् ।
साभारः द टाइम्स् अफ इन्डिया

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: