पुर्नजन्म दिने दुर्गा


प्रकाशित मिति :2017-06-14 16:47:45

सर्मिला बुढाथोकी

दोलखा । विगु गाँउपालिकाकी सर्मिला बस्नेतलाई बच्चा जन्मने महिना भन्दा पहिला नै व्यथा सुरु भयो । घरमै सुत्केरी भएकी सर्मिलाले छोरा जन्माईन् । तर छोराको ढुकढुकीसम्म नचलेपछि परिवारका सबै आतिए । त्यसबेला सबैले गाउँकी स्वयंसेविका दुर्गा खड्कालाई सम्झिए ।

झण्डै ३० बर्षदेखी स्वयंसेविका भएर गाँउ÷गाँउमा पुगेकी विगु गाँउपालिका, ४ लादुककी दुर्गा खड्कालाई हरेकले यस्तै बेला सम्झीनछन् । गाउँलेहरु उनलाई मान्छे बचाउने भगवान नै सम्झन्छन्् ।

जब सर्मिलाको छोरा (दिक्षान्त) जन्मेको थियो उसको ढुकढुकी पनि चलेको थिएन । अब कसरी बचाउने यो उपाय सोच्न थाले दुर्गाले भनिन् । ‘सर्मिलाको छोरा दिक्षान्त महिना नपुगी जन्मीएका हुन् । दिक्षान्त जन्मदा ढुकढुकीसम्म थिएन । अब कसरी बचाउने उपाय सोच्न थाले । ’दुर्गाले भनिन्

परिवारले बच्चालाई माया मारेर आमाको स्याहार गर्नतिर लागेका थिए । दुर्गाले हरेस खाएनन् । उनले प्राथमीक उपचार तालिम लिएको सम्झिए । तालिममा सास फेर्न नसकेको अवस्थामा कृतिम सास दिने तरिका सिकेकी थिइन् । त्यही उपचार विधि (मुखमा मुख लगाएर कृति सास दिने) बाट दुर्गाले (दिक्षान्त) बच्चालाई बचाइन् । झण्डै एक घण्टामा बच्चा रुन थाले । छोराले पुर्नजन्म पाएपछि सर्मिलाको परिवारमा खुसी छायो ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेको यस ठाउँमा दुर्गा जस्तो स्वयंसेवीको साथ उनीहरुले सम्झिए । ‘दुर्गा दिदि नभएको भए मेरो अवस्था बेग्लै हुनीथियो ।’ सर्मिलाले भनिन्, ‘उनी हामो भगवान नै हुन् ।’

युरोपेलि समुदायको मानविय सहायता बिभाग र एडिसिको आर्थिक सहयोगमा ह्यान्डीक्याप ईन्टरनेश्नल र केयर नेपालसंगको साझेदारीमा सामुदायिक विकास मञ्च नेपाल दोलखाले ग्रामिण भेगको यस्तै समस्या घटाउनका लागि तालिम दिएको थियो ।

भूकम्प प्रभावित लादुक र लामिडाँडाका ४० जना महिलालाई प्राथमीक उपचार तालिम तथा २५ जना महिला र १५ जना पुरुषलाई खोज तथा उद्धार सम्बन्धि तालिम दिएको परियोजना संयोजक गोपालकृष्ण वस्नेतले जानकारी दिए । तालिम लिएकाले कृतिम सास दिएर नाबालकहरुलाई बचाउन सफल भएको दुर्गाले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: