वडाका सबै पदमा महिला उम्मेदवार


प्रकाशित मिति :2017-06-15 11:44:21

काठमाडौं । नयाँ शक्ति नेपाल कैलालीले असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि टीकापुर नगरपालिका ७ बाट सबै पदमा महिला उम्मेदवार उठाउने भएको छ ।

दोस्रो चरणअन्तर्गत हुन लागेको स्थानीय तहको निर्वाचनका लागि  सात नं. वडालाई महिलामैत्री र नमुना वडा बनाउने उद्देश्यले सबै पदमा महिला उम्मेदवार मात्र उठाउने निर्णय गरेको सात नं.प्रदेशकी संयोजक लीला भण्डारीले बताउनुभयो ।

महिलाहरु प्रमुख पदमा सक्षम भए पनि पहिलो चरणको निर्वाचनमा महिला उपप्रमुखमै सीमित बनाइएकाले पुरुषवादी सोच र चिन्तन तोड्नका लागि सो वडामा महिलाहरुको मात्र उम्मेदवार घोषणा गरेको बताउनुभयो ।

सात नं वडाको अध्यक्षमा कमला शाहको उम्मेदवारी घोषणा भएको छ । सदस्यहरुमा कविता विक, बुना चौधरी, सविता चौधरी र सुस्मिता चौधरीलाई उठाउने निर्णय गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: