महिला खबर
काठमाडौं । राप्ती गाउँपालिका घोसखोलाकी ४१ वर्षीया पातली रोकाको सुत्केरी भएको केही घण्टामै मृत्यु भएको छ ।
घरमै राती १२ बजे जुम्ल्याहा छोरा जन्माएकी रोका रक्तश्राव नरोकीएपछि मृत्यु भएको हो । यातायातको पहुँच नभएको सो गाउँमा रोकालाई खटियामा बोकेर सल्लेसम्म लगीएको थियो ।
बुधबार बिहान लमहीबाट गएको एम्बुलेन्सले उनलाई अस्पताल र्पुयाएको थियो ।तर अस्पताल पुग्दा सम्म रोकाको मृत्यू भएको थियो । अस्पतालले उनको मृत्यु भएको घोषण गरेको थियो ।
अस्पतालले जुम्ल्याहा शिशुलाई एनआईसियूमा राखेर थप उपचार गर्नुपर्ने बताए पनि पातलीका श्रीमान् दिनबहादुर रोकाले उपचार गर्ने पैसा नभएको बताएका छन् ।
Comment Here!