कार्यभार सम्हालेपछि जनप्रतिनिधि


के–के गरे, मेयर, उपमेयर र अध्यक्षले

प्रकाशित मिति :2017-06-15 14:13:19

-खेमा बस्नेत –

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएको एक महिना पुरा भएको छ । बैशाख ३१ गते भएको निर्वाचनमा विजयी उम्मेदवारले सपथ लिई कार्यभार समेत सम्मालिसकेका छन् ।

यस विचमा धेरैजसो विजयी उम्मेदवारहरुले निर्वाचनका समयमा जनतासंग गरेका प्रतिवद्धता अनुरुप काम गर्ने पहल पनि गरिरहेको देखिन्छ । उनीहरु फेरि पनि जनताको घरदैलोमा गएर आफूले गरेका बाचाहरु पुरा गर्ने आश्वसान पनि दिइरहेका छन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौंलाई धुलोरहित बनाउने अभियान अनुरुप सपथग्रहण गरेको दिनको दोस्रो दिनदेखी सुर्यदया भन्दा अगाडी काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सुचिकारहरु परिचालन गरेको बताउनुभयो । ‘काठमाडौंलाई धुलोरहित बनाउने अभियान अनुसार अहिले हामीले बिहानको फोहोर र धुलोपनि उठाउन सुचिकारलाई भनेका छौ त्यही अनुसार काम भैरहेको छ ’ उपमेयर खड्गीले भन्नुभयो ।

अहिले महानरपालिकाले गरिरहेको कामको समिक्षा र भावी दिनका लागि योजनाहरु बनाउन काम भैरहेको उहाँले बताउनुभयो । काठमाडौंलाई अशोभनीय हुने खालका ठुला साइनबोर्टहरु हटाउने र निश्चित मापदण्डका साइनबोर्ड मात्र राख्न दिनका लागि छलफल भैरहेको समेत खड्गीले बताउनुभयो ।

ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले २० वर्षपछि स्थानीय तहले जनप्रतिनिधी पाएको हुँदा आफ्नो क्षेत्रको समस्याबारे स्थानीयसंग छलफलगरी अगाडी बढ्नुपर्ने भएकाले त्यसैको तयारीमा लागेको बताउनुभयो ।

‘यो अवधिमा हामीले ३ दिने अभिमुखीकरण प्रशिक्षण तालिम लियौं, महानगरपालिकाले आर्थिक वर्ष २०७३।७४ मा छुट्याएको बजेट कहाँ कति खर्च भए के कति कामहरु गर्न बाँकी छन् ? त्यसको सुपरिवेक्षण गरिरहेका छौ ’ सत्यालले भन्नुभयो ।

पोखरा लेखनाथ महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङले पद तथा गोपनियताको सपथ लिएपछि जनताको काम छिटो छरितो गर्न कार्यालयमा जानथाल्नु भएको छ । हिंसा प्रभावित महिलाहरुका लागि निःशुल्क कानुनी सेवा दिने बाचा अनुसार प्रारम्भमा सो डेक्स स्थापनाको क्रममा रहेको उहाँले बताउनुभयो । साथै यस विचमा स्थानीय विकास मन्त्रालयले दिएको ३ दिने अभिमुखिकरण तालिममा व्यस्त रहेको उहाँको भनाई छ ।

त्यसैगरी हेटौडा उप–महानगरपालिकाकी उपमेयर मिना लामाले आफू निर्वाचित भएको एक महिनामै हेटौडामा अधिक रुपमा भइरहेको जमिन प्लटिङ्ग कार्यलाई रोक्ने निर्णय गरेको बताउनुभयो । ‘निर्वाचित भएको समय नै धेरै भएको छैन, तथापी हामीले उर्वर जमिनलाई प्लटिङ्ग गर्ने कार्यलाई रोक्ने दिशातिर हामीले आफ्नो कार्य थालनी गरेका छौं’ उहाँले भन्नुभयो ।

जुम्ला चन्द्रननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले आफुले गरेको बाचा अनुरुप स्मार्ट सिटि बनाउनका लागि विज्ञ, स्थानीयसंग छलफल गर्ने नियर्ण गरेको बताउनुभयो । उहाँले समन्वय र नगरपालिकाको अवस्था बारे छलफल गर्ने काम भैरेहको बताउनुभयो ।

त्यसगरी काठमाडौ महानगरपालिका वडा नं. १४ बाट अध्यक्ष पदमा विजयी शोभा सापकोटाले व्यक्तिगत घटना दर्तामा सक्रियता देखाउनुभएको छ । उहाँले विवाह दर्ता, नागरिकता, मृत्यु दर्ता, जन्म दर्ता जस्ता सेवालाई चुस्त बनाउन पहल थालिएको बताउनुभयो । ‘अहिले म १० बजे देखी ५ बजेसम्म जनताको काम गर्दै आएकी छु । उहाँहरुका व्यक्तिगत घटना दर्ता सिफारिस जस्ता काम गदै आएकी छु’ अध्यक्ष सापकोटाले भन्नुभयो ।

उहाँले काठमाण्डौको १४ नम्बर वडा भएर बग्ने बल्खु खोलालाई सफा गर्ने कार्यक्रमलाई समेत पहिलो प्राथामिकतामा राखेको जानकारी दिनुभयो । ‘भरखैरै भएको बैठकबाट हामीले बल्खु खोलालाई सरसफाई गर्ने निर्णय गरेका छौ । केही दिनमा सरसफाई कार्यक्रम गर्ने छौ ।’ उहाँले भन्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: