गाँसबाँसको ग्यारेण्टी गर्नेलाई भोटः कुसुण्डा


प्रकाशित मिति :2017-06-15 14:30:58

महिला खबर

कपिलवस्तु । २० वर्ष पछि हुन लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिदैँ जाँदा आम मतदाताहरु उत्साहित देखिएका छन् ।

दलहरु आ–आफ्नो चुनावी एजेण्डा बोकेर जनताको घरदैलोमा पुगेका छन् । जनता पनि आ आफ्नो मन खाएका नेताहरुलाई जिताउन लागि परेका छन् ।

बाणगंगा नगरपालिका, ६ का एक कुसुण्डा परिवार भने गाँस र बाँसको ग्यारेन्टी गर्नेलाई मात्र भोट दिने बताउदै आएका छन् । उनीहरुका पाँच सदस्य छन् । कुसुण्डा अतिबिपन्न जातिमा पर्दछन् । जिल्लामा एक घरपरिवारमा मात्रै रहेका यिनीहरु मजदुरी गरेरै जीवनयापन गरिरहेका छन् ।

‘चुनाव हुँदैछ, खुशी लागेको छ, तर बस्ने खाने ठेगाना छैन । त्यसैले जसले हाम्रो गाँस बाँसको ग्यारेन्टी गर्छ उसैलाई भोट दिने हो ।’ परिवारका एक सदस्य गुन्ज बहादुर कुसुण्डाले भने ।
४ वर्ष अघि सरकारले घर बनाउन १ लाख रुपैया दिएपनि त्यसले दुई कोठे घर पनि पुरा नभएको उनले सुनाए । अन्य संघसंस्थाले बेलाबखत सहयोग गरेपनि हात्तीको मुखमा जिरा जस्तै हुने गरेको गुन्ज बहादुरले बताए ।

पहिले जंगलमा बस्दै आएका उनीहरु २०३० सालदेखि बाणगंगा नगरपालिका, ६ सुठौली सुकुम्बासी टोलमा बस्दै आएको छ । यमकला शाहि कुसुन्डाले भनिन् –‘म जङलमै जन्मिएको हुँ, जङगलमै हुर्कीए । बिस्तारै बासस्थान परिवर्तन गर्दै समाजमा बस्न लाग्यौं । समाजमा आएपछि धेरै कुराहरु थाहा भयो ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: