विजयनगर गाउँपालिकाको प्रमुखमा शिलाको उम्मेदवार


प्रकाशित मिति :2017-06-15 15:32:36

महिला खबर
कपिलवस्तु । यही असार १४ मा हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस कपिलवस्तुले उम्मेदवारीको टुङ्गो लगाएको छ ।
कांग्रेसले विजयनगर गाउँपालिकाको प्रमुखमा शिला पाण्डेलाई उम्मेदवार बनाएको छ । उहाँ पार्टीको सक्रिय सदस्यका रुपमा चिनिनुहन्छ । गाउँपालिकाको प्रमुखमा उठाएसँगै पाण्डे प्रचार प्रसारमा लाग्नु भएको छ । यो अवसरलाई जित हासिल गर्न जनताको मन जित्ने उहाँले बताउनुभयो ।

यस्तै कपिलवस्तु नगरपालिकाको उपमेयरमा लक्ष्मी कसौधनलाई अगाडि सारेको छ । उहाँ पार्टीको पुरानो कार्यकर्ताको रुपमा चिनिनुहुन्छ । आफुले जित हासिल गरेपछि मधेशी महिलाका हक अधिकार सुनिश्चित गर्ने उहाँको भनाई छ ।

त्यसै गरि वुद्धभुमि नगरपालिकामा मिरा थारुलाई उपमेयरका रुपमा अगाडि सारेको छ । मिरा महिला संघको जिल्ला समिति सदस्य हुनुहुन्छ । आफुलाई भारीमतले विजय गराई अवसर दिन उहाँले सबैमा अनुरोध गनु भएको छ । त्यस्तै गरि महाराजगञ्जको उपमेयरमा सुभावती कुर्मीलाई पार्टीले अगाडि सारेको छ । उहाँ पनि महिला संघको जिल्ला समिति सदस्य हुनुहुन्छ । यशोधरा गाउँपालिकामा उपप्रमुखमा कन्यावती उपाध्यायलाई अगाडि सारेको छ । उहाँ जिल्ला सदस्य हुनुहुन्छ । उहाँले पुर्व वडा अध्यक्ष समेत भएर अनुभव संगालीसक्नु भएको छ । अनुभव र जनतासँग नजिक भएर काम गरेकाले आफ्नो जित सुनिश्चित हुने उहाँको भनाई छ ।

त्यस्तै शुद्धोधन गाउँपालिकाको उपप्रमुखमा सुधा पाण्डेलाई उठाएको छ । उहाँ पुरानो कार्यकर्ता मानिनुहुन्छ । पाण्डे क्षेत्रिय प्रतिनिधि हुनुहुन्छ । शुद्धोधन गाउँपालिकाको विकासका लागि भारी मतले जिताउनु आग्रह गर्नुभएको छ ।

त्यस्तै वाणगंगा नगरपालिकामा माओवादी केन्द्रसंग गठबन्दन गरि मेयरमा पुरुषलाई उठाएको छ । शिवराज नगरपालिका र कृष्णनगरनगरपालिकामा पुरुषलाई मेयरको टुंगो लगाए पनि उपमेयर भने टुङ्गो नलगाइसकेको पार्टीका प्रचार विभाग प्रमुख प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: